समाज/राजनीति
हेटौँडा–१४ मा दिपक खड्का बने एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार
मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले जिल्लाका १० स्थानीय तहको १ सय २ वटा वडाहरुमा वडाध्यक्षसहित वडा सदस्यहरुको उम्मेद्वार टुंगो लागाउने कार्यलाई तीब्रता दिएको छ । सोहि क्रममा धेरैजसो वडाहरुका सर्वसम्मत उम्मेद्वार छान्ने नीति लिएको एमालेले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर...
एमालेबाट हेटौंडा–८ को अध्यक्षमा ३ सिफारिस, कार्कीको चर्चा
मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले जिल्लाका १० स्थानीय तहको १ सय २ वटा वडाहरुमा वडाध्यक्षसहित वडा सदस्यहरुको उम्मेद्वार टुंगो लागाउने कार्यलाई तीब्रता दिएको छ । सोहि क्रममा धेरैजसो वडाहरुका सर्वसम्मत उम्मेद्वार छान्ने नीति लिएको एमालेले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा ८...
मनहरीमा नेपाली काँग्रेसको सम्पर्क कार्यालय स्थापना
मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको सम्पर्क कार्यालय वडा नम्बर ७ मनहरी बजारमा स्थापना भएको छ । आज (बिहीबार) एक कार्यक्रमबीच मनहरी बजारमा नेपाली काँग्रेस जिल्ला सभापति बुद्ध लामाले वडा नम्बर ७ पार्टी कार्यालय, मनहरी गाउँपालिका र प्रदेश २ (ख) समितिको सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् । नेपाली काँग्रेस...
गुण तिर्दै गठबन्धन, माधब नेपालका आफन्तलाई मन्त्री उपहार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः गैरसांसदलाई मन्त्रीको जिम्मेवारी दिएका छन् । संविधानको धारा ७६ को ५ बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा गठबन्धनका तर्फबाट बहस गरेका गैरसांसद कानून व्यवसायीलाई देउवाले कानून मन्त्रालयको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७८ को उपधारा १...
निर्वाचन आचारसंहिताप्रति एमालेको ६ बुँदे असहमति
काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको आचारसंहिताप्रति ६ बुँदे असहमति जनाएको छ । बिहीबार पार्टी महासचिव शंकर पोखरेल नेतृत्वको टोली आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हो । एमालेले भनेको छ, ‘मतदान अधिकृतले गरेको निर्णय तथा निर्वाचित अधिकृतले मत सदर वा बदर गरेको निर्णयमा...
लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा जयेन्द्र बज्राचार्यका अनुसार ठाकुरको स्वास्थ्य स्थिति स्थिर र सुधारोन्मुख छ । स्वास्थ्यमा समस्या आएपछि ठाकुरलाई बुधबार दिउँसो हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।...
‘म राप्रपा मकवानपुरमै छु’–सरस्वती थिङ
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महिला संगठनकी पूर्व जिल्ला सचिव सरस्वती थिङले आफू राप्रपामनै रहेको बताएकी छिन् । आज एक विज्ञप्ति जारी गर्दै थिङले आफु राजेन्द्र लिङ्देन नेतृत्वकै राप्रपामा रहेको र पार्टीले दिएको जिम्मेवारीलाई निभाउने बताएकी हुन् । विज्ञप्तिमा लेखिएको छ,– म सरस्वती थिङ केसी राप्रपा महिला संगठन जिल्ला...
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा द्रुतमार्गको निरीक्षण
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले तराइलाई काठमाडौं जोड्ने द्रुतमार्गको निरीक्षण गरेका छन् । ४९ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक लगत्तै राष्ट्रिय प्राथमिकता आयोजना काठमाण्डौँ तराइ मधेश द्रुतमार्गको सञ्चालित विकास निर्माण कार्यको बुधबार निरीक्षण गरेको हो। बैठकमा भएको छलफल अनुसार आयोजनाको कामको अनुगमन गर्न बागमती...
एमालेले टुङ्ग्यायो इन्द्रसरोवर–४ को वडा अध्यक्षसहित सदस्यको उम्मेदवार
मकवानपुर । आगामी स्थानीय तहको निर्वाचनको लागि एमाले ले वडा नम्बर ४ को अध्यक्षसहित सदस्यहरुको उम्मेदवार टुङ्ग्याएको छ । बुधबार एमाले इन्द्रसरोवर वडा नम्बर ४को सम्पर्क कार्यालय उद्घाटनसँगै बसेको वडा कमिटीको बैठकले अध्यक्ष सहित सदस्यहरुको उम्मेदवार टुङ्गो लगाएको हो । बैठकले वडा अध्यक्ष पदका लागि चन्द्रकुमार बल, खुल्ला सदस्यतर्फ...
हेटौँडा–४ को वडा अध्यक्षमा एमालेबाट पुनः सिग्देलको उम्मेदवार
मकवानपुर । आगामी स्थानीय तहको निर्वाचनको लागि हेटौंडा–४ का वर्तमान वडा अध्यक्ष तथा नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देल पुनः अध्यक्ष पदका लागि उम्मेदवार चयन भएका छन् । आज (बुधबार) हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा भएको नेकपा एमाले वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरुको टुङ्गो लगाएको हो ।...










