एमालेबाट हेटौंडा–८ को अध्यक्षमा ३ सिफारिस, कार्कीको चर्चा

अखबार हब
२०७८ चैत्र २४, बिहीबार १७:१४

मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले जिल्लाका १० स्थानीय तहको १ सय २ वटा वडाहरुमा वडाध्यक्षसहित वडा सदस्यहरुको उम्मेद्वार टुंगो लागाउने कार्यलाई तीब्रता दिएको छ ।

सोहि क्रममा धेरैजसो वडाहरुका सर्वसम्मत उम्मेद्वार छान्ने नीति लिएको एमालेले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा ८ बाट एमालेले वडाध्यक्षमा तीनजनाको नाम सिफारिस गरेको छ ।

एमाले ८ नं वडा कमिटीले वडाध्यक्षमा बोलबहादुर कार्की, यशोधा उप्रेती र रमेशकुमार पौडेलको नाम सिफारिस गरेको हो ।

यस्तै वडासदस्य खुलामा गोपाल श्रेष्ठ र राजु मुक्तान सर्वसम्मत हुँदा महिला सदस्यमा मञ्जु भुर्तेल, सुशिला मल्ल र सुमित्रा पाण्डे सिफारिस भएका छन् । दलित महिला सदस्यमा कल्पना विक र ममता देउला सिफारिस भएका छन् ।

एमालेले मकवानपुरको अधिकांश स्थानीय तहमा सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको छ । सर्वसम्मत हुन नकसेका ठाउँमा वडाध्यक्षमा बढीमा तीनजनाको नाम सिफारिस भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*