हेटौँडा–४ को वडा अध्यक्षमा एमालेबाट पुनः सिग्देलको उम्मेदवार
मकवानपुर । आगामी स्थानीय तहको निर्वाचनको लागि हेटौंडा–४ का वर्तमान वडा अध्यक्ष तथा नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देल पुनः अध्यक्ष पदका लागि उम्मेदवार चयन भएका छन् ।
आज (बुधबार) हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा भएको नेकपा एमाले वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरुको टुङ्गो लगाएको हो ।
नेकपा एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले वडाबाट उम्मेदवार बन्ने जनप्रतिनिधि छनोट गरेको हो ।
बैठकले वडा अध्यक्षको उम्मेदवारमा सिग्देलसहित वडा सदस्यहरु खुल्लातर्फ जगन्नाथ पाण्डे, जनरल श्रेष्ठ, महिलातर्फ गिता त्रिपाठी तथा दलित महिला सदस्यमा विष्णुदेवी देउला चयन गरेको हो ।
एमाले मकवानपुरले आज र भोली उम्मेदवार चयन गर्दैछ ।







