निर्वाचन आचारसंहिताप्रति एमालेको ६ बुँदे असहमति

अखबार हब
२०७८ चैत्र २४, बिहीबार १५:४१

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको आचारसंहिताप्रति ६ बुँदे असहमति जनाएको छ । बिहीबार पार्टी महासचिव शंकर पोखरेल नेतृत्वको टोली आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे आफ्नो ध्यानाकर्षणपत्र बुझाएको हो ।

एमालेले भनेको छ, ‘मतदान अधिकृतले गरेको निर्णय तथा निर्वाचित अधिकृतले मत सदर वा बदर गरेको निर्णयमा विवाद गर्ने छैन भनिएको व्यवस्थाले निर्वाचनमा हुनसक्ने धाँधलीविरुद्धमा अदालतमार्फत् प्राप्त हुनसक्ने अधिकारमाथि अंकुश लगाउन खोजेको देखिन्छ ।’

त्यसैगरी निर्वाचनअघि नै स्थानीय तह खाली गराउने कुरा संविधानविपरीत हुने धारणा पनि एमालेको छ । एमालेले निर्वाचन प्रचार प्रसार सामग्री र माध्यमका विषयमा समेत आयोगको ध्यानाकर्षण गराएको महासचिव पोखरेलले बताए ।

एमालेले आचारसंहितामा उम्मेदवार, दल र दलका भातृ संगठनहरूले प्रचार–प्रसार गर्न नपाउनेलगायतका बुँदामा आपत्ति जनाउँदै आएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*