समाचार

नवनियुक्त मन्त्रीको सपथग्रहणमा चुल्ठेमुन्द्रे ईन,पत्रकार आउट

मकवानपुर । वागमती प्रदेशकी मुख्यमन्त्री अष्ठलक्ष्मि शाक्यले ६ मन्त्री र ४ राज्यमन्त्रीलाई सपथ ग्रहण गराएकी छन् । आज २ बजे प्रदेश प्रमुखको कार्यलयमा मुख्यमन्त्री शाक्यले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियतको सपथ गराइकी हुन् । तर सपथ ग्रहण समारोहमा समाचार संकलनका लागी गएका पत्रकारहरुलाई भने प्रवेशमा रोक लगाईएको थियो ।...

मकवानपुरकी जुनेली,वाग्मतीको मन्त्री बन्दै

मकवानपुर । वाग्मती प्रदेशमा मुख्यमन्त्रीअष्ठलक्ष्मि शाक्यले मन्त्रि परिषद् बिस्तार गर्नु भएको छ । मुख्यमन्त्रि शाक्यले ५ मन्त्रि र ४ जना मुख्यमन्त्रि गरी ९ सदस्यीय मन्त्री मण्डल विस्तार गर्न लाग्नु भएको हो । मूख्यमन्त्री शाक्यले सिन्धुलीका प्रदिप कटुवाल,रामेछापका शान्ति प्रसाद पौडेल,काभ्रेका चन्द्र लामा, काठमाडौँका अजय कान्ती,चितवनका विजय सुवेदी, दोलखाकी रचना...

वाग्मती प्रदेशमा १८ लाखले लगाए कोरोना विरुद्धको पूर्ण खोप

मकवानपुर । वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । वाग्मतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या छ लाख १५ हजार...

देउवाले बोलाए क्याबिनेट बैठक

१६ भदौ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेट बैठक बोलाएका छन् । बैठक आज (बुधबार) बेलुका ४ बजे बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ। प्रधानमन्त्री भएको करिब दुई महिनासम्ममा पनि मन्त्रिमण्डल विस्तार हुन नसक्दा उनको आलोचना हुँदै आएको छ ।

पत्रकारको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी

पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल नामक नयाँ राजनीतिक दल गठन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एकीकृत शक्ति नेपाल नामक नयाँ पार्टीको घोषणा गरिएको हो । सो पार्टीमा १५ पदाधिकारी र २४ सदस्य रहेको जानकारी दिइएको छ । नयाँ पार्टीको घोषणापछि उपाध्यक्ष रामप्रसाद उप्रेतीसहित कार्यसमितिका...

डिपोमा पार्किङ गरेको ट्यांकर चोरीको आरोपमा एक जना पक्राउ

१४ भदौ, विराटनगर । नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ । आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको हो । चोरीको आरोपमा प्रहरीले ट्यांकरसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ...

विबेकशिल साझामा टकराब, केन्द्रीय कमिटी बैठकमा मिश्रको निम्तो ,पाण्डेको आपति

१४ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको जानकारी दिएका छन् । तर अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय...

बागमतीको अर्थ मन्त्रालयमा तीन दर्जन कर्मचारी सरुवाको तयारी

हेटौंडा । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले तीन दर्जन कर्मचारी सरुवाको तयारी गरेको छ । अहिले मन्त्री नभएको अवस्थामा लेखाका तीन दर्जन कर्मचारी सरुवाको तयारी गरिएको हो । बागमती प्रदेशमा तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएपछी अष्टलक्ष्मी नेतृत्वको सरकार वनेको छ । यस सरकारमा दुइजना मात्र मन्त्रीले...

गोर्खाज फाइनान्सको साधारण सभा रोक्न माग गर्दै उजुरी

१४ भदौ, काठमाडौं । गोर्खाज फाइनान्सको साधारण सभा रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको छ । कोरोना भाइरसको महामारीका बेला साधारण सभा बोलाइएको भन्दै कम्पनीको ७१ जना शेयरधनीले सीडीओ कार्यालयमा उजुरी गरेका छन् । कम्पनीले आगामी भदौ २३ गतेका लागि काठमाडौंको सोल्टिमोडस्थित एक होटलमा साधारण सभा...

विना इजाजत एसिड ओसारपसार तथा बेचबिखन गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ

विना इजाजत एसिड ओसारपसार तथा बेचबिखन गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–४ गैह्रापाटनमा ग ३ च ११४३ नम्बरको जीपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र पोखरा–२ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्न राखेको ३५० केजी एसिड...