चुनाव हारेका दुई युवाले लगाए मित
मकवानपुर । नेपाली काँग्रेसको हालै सम्पन्न वडा अधिवेशनमा चुनाव हारेका दुई युवा प्रतिनिधीले मित लगाएका छन् । वडा अधिवेशनमा पराजित भए सँगै उनिहरुले मित लगाएका हुन् ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ बाट नेपाली काँग्रेसको क्षेत्रीय प्रनिनिधीमा खस आर्य बाट चुनाव लडेका बिशाल उप्रेती र सोहि वडा बाट खुल्ला तर्फ क्षेत्रीय प्रनिनिधीमा चुनाव लडेका सोम बहादुर लामा (भुपाल) चुनावमा हार व्यहोरे सँगै मित लगाउने निर्णय गरेका हुन् ।
आफुहरु बिच चुनावमा समन्वय नहुदा हार व्यहोर्नु परेको साथै आउँदो चुनावमा सहकार्यको आवश्यका औँल्याउदैँ मित लगाएको उनिहरुले बताएका छन् ।
जम्मा १०६ मतदाताले मतदान गरेको उक्त निर्वाचनमा ९९ मतदाताले मतदान गरेका थिए । जसमा क्षेत्रीय प्रनिनिधीमा खस आर्य बाट चुनाव लडेका बिशाल उप्रेतीले ४२ मत र खुल्ला तर्फ चुनाव लडेका सोम बहादुर लामाले ६१ मत मात्र प्राप्त गरी पराजीत भएका थिए ।







