अनेरास्ववियु (क्रान्तिकारी) निजगढ नगरको अध्यक्षमा खुलाल
बारा । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को प्रथम निजगढ नगर सम्मेलन आज सम्पन्न भएको छ । बाराको निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा भएको सम्मेलनबाट सुमन खुलालको अध्यक्षतामा ५१ सदस्यिय नगर कमिटी गठन भएको छ ।
नव गठित कमिटीको उपाध्यक्षमा दिपक कुुमर, आस्मा मगर, छबि विक, सचिवमा उत्तम तिमिल्सिना, सहसचिव सविना धामी, राजु महरा, अरुण विक, कोषाध्यक्षमा सेरिना लामा, सह कोषाध्यक्षमा विशाल तिमल्सिना, रामचन्द्र दास, बालमिकी प्रसाद यादव चयन भएका छन् ।
त्यसैगरि सदस्यमा अंकित गौतम, मनिष थपलिया, सुमित न्यौपाने, विक्रम चौलागाई, राम कार्की, शेष साहिद हुसेन, विशाल महरा, रोहन तिमल्सिना, निशान्त जिम्बा, सफल घलान, रोहन गौतम, सन्तोष गौतम, विजय राई, पुजा गौतम, भूमिका तिमल्सिना, रचना दाहाल, विनिता वाईवा, सविता खड्का, जेसिका कार्की लगाएत ५१ सदस्यिय नगर कमिटी चयन भएका छन् ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश २ सदस्य रविराज दंगाल, जिल्ला सदस्य बेनीबहादुर मुक्तान, संजिव लोप्चन, सन्तोष दंगाल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य दिनेश यादब, पार्टी नगर सचिव दिपक खड्का, जिल्ला सदस्य कुमार मुक्तान, अनेरास्ववियु (क्रान्तिकारी) जीतपुर सिमराका नगर अध्यक्ष दिपेन यादव, नगर सचिव रवि श्रेष्ठ, अनेमसंघ क्रान्तिकारीकी नगर इन्चार्ज जिरीमाया बल, नगर अध्यक्ष धनमाया लामा, वडा नंं ३ का इन्चार्ज छिरिङ्ग बल, नेकपा (माओवादी) बकैया गाउँपालिका वडा नं. २ का अध्यक्ष विश्वराज स्याङतान, निजगढ वडा नं. ९ का अध्यक्ष शेख अन्जर, ८ का अध्यक्ष पेमा घ्याम्चो लामा, वाइसिएल वडा नं. ३ का इन्चार्ज दिनेश मगर, वाइसिएल वडा नं. १ का अध्यक्ष पेमा ध्वज स्याङतान, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य महेश्वर अधिकारी, पत्रकार बसन्त लामा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) प्रदेश सदस्य हरि चौलागाई र विशिष्ट अतिथी नेकपा (माओवादी केन्द्र) प्रदेश रविराज दंगालले संयुक्त रुपमा कार्यक्रमको उद्वघाटन गरेको थिए ।
नव निवार्चित नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश सदस्य रविराज दंगालले पद तथा गोपनियताको सपथ गराएका थिए । कार्यक्रम सुमन खुलालको अध्यक्षतामा भएको हो ।







