समाचार

पाहा मार्न गएका भीमफेदीका २ जना मृत फेला

मकवानपुर । पाहा मार्न गएका मकवानपुरको भीमफेदी गाउँपालिकाका २ जना युवा मृत अवस्थामा फेला परेका छन् । भीमफेदी गाउँपालिका–५ का २२ बर्षीय नवीन दोङ र २१ बर्षीय राजन दोङ मृत अवस्थामा फेला परेको छ । बुधबार भीमफेदी–५ स्थित धुन्धुरे खोलामा उनीहरु दुवै जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी...

वागमती प्रदेशमा १८ लाख ८४ हजारले लगाए कोरोना बिरुद्धको पूर्ण खोप

मकवानपुर । वागमती प्रदेशमा हाल सम्ममा १८ लाख ८४ हजार ५ सय ८ जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाएका छन् । १८ वर्ष माथीको जनसख्या मध्यमा ४८ प्रतिशतले पूर्ण खोप लगाएका छन् । वागमती प्रदेशमा १८ वर्ष माथीका १३ लाख ४४ हजार ५ सय ९० जनाले मात्र कोरोना विरुद्धको...

किन बढ्यो खाने तेलको मूल्य ?

काठमाडौँ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ । नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड पछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खाने तेलको मूल्यमा वृद्धि भएको जनाएको...

पेचिलो बन्दै एमसीसी : सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ । एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ । यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीका विषयमा सत्ता पक्षको धारणा कुरिरहेको छ भने...

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ । तर, यी प्रमुख चाड नेपाली जनताका लागि सुखद् बन्ने स्थिति देखिँदैन । बढ्दो महँगीका कारण अधिकांश जनता सहज ढंगले यी चाड मनाउन सक्ने अवस्थामा छैनन् ।...

जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि

विश्व ओजोन तह दिवस बिहीबार वातावरण संरक्षणका विभिन्न पहल कदमीका साथ मनाइँदै छ । सन् १९८७ सेप्टेम्बर १६ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरूको उत्पादनमा कमी ल्याउने मोन्ट्रेयल सम्झौतामा हस्ताक्षर गरेको दिनको स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ । यो दिवस सन् १९९५ देखि मनाउन थालिएको हो...

फोटो पत्रकार समुह मकवानपुरमा नयाँ नेतृत्व

मकवानपुर । फोटो पत्रकार समुह मकवानपुरले नयाँ कार्यसमिति चयन गरेको छ । आज(बुधबार) हेटौँडामा भएको समुहको दोस्रो सधारण सभाले धर्मेन्द्र दाहालको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा बिजय पौडेल, सचिवमा बलराम पुडासैनि,कोषाध्यक्षमा सरला अधिकारी र सहसचिवमा उज्जवल अधिकारीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरुमा...

वागमतीको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यतर्फकै सचिव

मकवानपुर । चिकित्सकका छाता संगठनहरुको तीव्र विरोधपछि वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राखिने भएको छ । वागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्यतर्फकै सचिव राख्ने गरी सांगठनिक संरचना बनाउने निर्णय गरेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयकी निमित्त निर्देशक सावित्री पौडेलले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्य सेवातर्फको ११...

हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो। तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको...

सरकार विस्तारमा यसरी बन्यो अध्यादेश बाधक

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन पुगेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६० दिन नघिसकेको छ । उनले मन्त्रिपरिषद् पूर्णता दिन पटकपटक प्रयास...