समाचार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ । कतारको गृह मन्त्रालयले झन्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि कतारमा काम दिने घोषणा गरेपछि म्यानपावर व्यवसायीले...

एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्। आफ्नो चारदिने भ्रमणमा...

१३ वर्षमा भारतको कोठी पुर्‍याइएकी बालिका सात वर्षपछि घर फर्किंदा …

१३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पु¥याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पु¥याइएको थियो। कक्षा ७ मा पढ्दै गरेकी ती बालिकालाई माइजू नन्दकली र उनकै दुई छोरी तारा र ममताले दिल्ली पु¥याएका थिए। बालिकाका बुवा सानैमा...

दैनिक दुईवटा झोलुङ्गे पुल निर्माण

देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका हुन् । सरकारले चालू आर्थिक वर्षमा ७३० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । हालसम्म देशभर नौ हजार...

देउवाविरुद्ध आक्रामक बन्दै पौडेल समूह

नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनुपर्ने बताएको हो । नयाँ अधिवेशन मिति तोकेर...

एमालेमा तेस्रो धारका नेताहरू ओलीले धोका दिएको भन्नेमा एकमत

गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे । नेता नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेपालनिकट भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य,...

अनेम संघ क्रान्तिकारी थाहा नगरको अध्यक्षमा गोपाली

मकवानपुर । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटिको अध्यक्षमा शकुन्तला गोपाली सर्वसम्मत चयन भएकी छिन् । सोमबार बिकासघर शिखरकोटमा भएको महिला संघ(क्रान्तिकारी) थाहा नगर कमिटिको दोस्रो सम्मेलनले गोपालीको अध्यक्षतामा ५५ सदस्यीय थाहा नगर कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा मिना कुमारी स्याङ्तान, मिरा खड्का, सचिबमा जयन्ती...

वागमतीमा गठबन्धनको सरकार पक्का

मकवानपुर। वागमती प्रदेशमा विपक्षी गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको छ । नेकपा एमाले विभाजनपछि निर्वाचन आयोगले आइतबार दल विभाजनको आधिकारिक पत्र पठाएर नेकपा (एकीकृत समाजवादी)लाई संसदमा दलको मान्यता दिएसँगै विपक्षी गठबन्धनबाट नयाँ सरकार गठन प्रक्रिया अघि बढाइएको हो । नेकपा (एस)ले संसदीय दलको बैठक बसेर २ भदौमा...

पर्सामा काठ तस्कर र प्रहरीबिच झडप, तीन राउण्ड हवाई फायर

वीरगञ्ज – पर्साको पटेर्वा सुगौली गाउँपालिकाको फरहदवामा काठ तस्कर र प्रहरीबिच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । तस्करको समूहलाई प्रहरीले रोक्न खोजेपछि तस्करले प्रहरीमाथि नै आक्रमण गरेका थिए । त्यसपछि आफूहरुले हवाई फायर गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान जंगलबाट काठ बोकेर चारवटा मोटरसाईकलमा आउँदै गरेका...

एनआरएनएको निर्वाचन स्थगित

काठमाडौँ– गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन नभएसम्म निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो । मन्त्रालयको सो निर्देशनपछि सङ्घको आगामी अक्टोबर...