थाहा नगरका वडा सदस्य प्रधानको ट्रक दुर्घटनामा मृत्यु

अखबार हब
२०७८ भाद्र ३१, बिहीबार १२:२२

मकवानपुर। वडा सदस्य सुन्दर प्रधानको ट्रक दुर्घटनामा मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नंबर १ का वडा सदस्य प्रधानको गएराति त्रिभुवन राजपथको पालुङ नौबिसे सडक खण्डमा भएको दुर्घटनामा मृत्यु भएको थाहा नगरपलिका वडा नंबर १ का वडा अध्यक्ष हेरमान गोपालीले जानकारी दिए ।

पालुङबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ८६४२ नंबरको ट्रक गएाराति थाक्रे ८ सोप्याङ्ग खोलामा सडकबाट करिब ७० मिटर तल खसेको धादिङ प्रहरीले जनाएको छ ।

ट्रकमा सवार प्रधानको गएरातिनै मृत्यु भएको हो । ट्रकका चालक प्रमोद अर्याल भने सामान्य घाईते भएको प्रहरीले जनाएको छ । वडा सदस्य प्रदान नेकपा माओवादीबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*