समाचार

रोकिएका श्रमिक कोरिया लैजाने तयारी

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो । कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार...

आयकर ऐनमा विवादास्पद संशोधनः अवैध सम्पत्तिलाई वैध बनाउन चलखेल

राजस्व छुटमा विवादास्पद निर्णय गरेको सरकारले लगानीमा आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन गर्ने अर्को विवादास्पद निर्णय गरेको छ। गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी, भ्रष्ट कर्मचारीले कमाएको पैसा वैधानिक बनाउने ध्येयले ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था राखेर ‘आयकर ऐन संशोधन’ गर्न लागिएको हो। अर्थमन्त्री जनार्दन शर्माले संसद्मा...

मकवानपुरका स्थानीय तहलाई ४५ लाखको स्वास्थ्य सामग्री

मकवानपुर । सामुदायिक विकास संस्था नेपाल (सीसीडिएन) ले मकवानपुरका स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले दोस्रो लहरको कोभिड महामारीमा सहयोग पुग्ने उदेश्यका साथ जिल्लाका ४ स्थानीय तहलाई करीब ४५ लाख बराबरका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो । शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति मकवानपुरका...

सत्ताधारी गठबन्दन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै हो फ्रिजबाट निस्केपछि पग्लिन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ताधारी गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको आइसको डल्ला’को संज्ञा दिएका छन् । उनले सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै चुनावपछि आइसका डल्ला बिलाएर जाने बताए । ‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, आफैं बनेका होइनन्,’ शनिबार नेपाल निजामति कार्मचारी संगठनको कार्यक्रममा ओलीले भने, ‘डल्ला...

अनेरास्वीयु अध्यक्षमा सुनिता बराल

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।  

हेटौंँडाका मेयर आफै तातेपछि हुप्राचौरको सरसफाई

हेटौंडा । हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतको नेतृत्वमा आज शनिबार हेटौंडा ४ स्थित लोकतान्त्रिक चौर (हुप्रचौर) क्षेत्र सरसफाई गरिएको छ । वर्षायामका कारण झार उम्रिएर फोहोर समेत बनेको हुप्रचौर क्षेत्रको सरसफाई गरिएको हो । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको नेतृत्वमा एक सय ५० जनाको टोलिले आज हुप्रचौर क्षेत्रमा...

बञ्चरेडाँडामा ल्यान्डफिल साइट तयार, स्थानीय भन्छन् माग पुरा नभई फोहोर फ्याक्न दिदैनौँ

काठमाडौं । काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सरकारले तयारी गरेको छ । तर, सबै संरचना बनिनसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् । सरकारी निकायहरुले बञ्चरे डाँडामा फोहोर बिसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै नबनाइ फोहोर फाल्न...

सत्तारुढ जसपाले संविधान दिवसको दिन देशभर विरोधका कार्यक्रम गर्ने (विज्ञप्ती सहित)

काठमाडौं । सत्ताररुढ जनता समाजवादी पार्टी(जसपा)ले संविधान विभेदकारी र त्रुटिपूर्ण भएको भन्दै सरकारले आयोजना गर्ने संविधान दिवसको कार्यक्रम बहिस्कार गर्ने भएको छ । अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको विरोध गर्न र संशोधनद्वारा सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा अन्तरक्रिया कार्यक्रम गर्न आह्वान गरेका छन् । जसपाबाटै विभाजित...

निवर्तमान मुख्यमन्त्री पौडेलको सम्पर्क कार्यालय स्थापना

मकवानपुर । वागमती प्रदेशको निर्वतमान मुख्यमन्त्री डोरमणी पौडेलको सम्पर्क कार्यालय तथा सचिवालयको उद्घाटन गरिएको छ । वागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री पौडेलले राजधानीको केन्द्रमा पर्ने र निजी निवास टाढा भएकोले हेटौंडा–४ स्थित हुप्राचौरमा सम्पर्क कार्यालय स्थापना गरिएको बताएका छन् । कार्यालयमा नियमित पत्रकार प्रकाश दाहाल रहने छन् । पौडेलले जनतासँगको...

नेकपा एसको नयाँ पार्टी कार्यालय उद्‍घाटन, मासिक भाडा तीन लाख

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उनले पार्टीको कार्यालयको उद्‌घाटन गरेका हुन् । पार्टीको उद्घाटन गर्दै नेता नेपालले आफूहरुले स्वार्थको राजनीति नगर्ने बताएका छन् । त्यस्तै उनले आफ्नो पार्टी कुनै पनि पद प्राप्तिका...