समाचार
बागमतीको कृषि मन्त्रालयमा पाण्डे,कृषिलाई चिनाउने गरी काम गर्ने प्रतिबद्धता
हेटौंडा । बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले प्रदेशमा कृषि क्षेत्रलाई चिनाउनेगरी काम गर्नका लागि आग्रह गर्नु भएको छ । मन्त्रालयमा आज आयोजित स्वागत तथा पदबहाली कार्यक्रमलाई संबोधन गर्दै उहाँले जसरी काम गरेपनि कृषि क्षेत्रको हित हुनेगरी गर्नका लागि मातहतका कर्मचारीलाई निर्देशन...
प्रदेशमा प्रहरी समायोजन ढिला भयो : आन्तरिक मामिला मन्त्री शाक्य
काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यले नेपाल प्रहरी र प्रदेश प्रहरी–कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय– ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ निष्क्रिय पार्न संघीय सरकारसँग आग्रह गरेका छन् । काठमाडौंमा सञ्चारकर्मीहरुसँगको भेटमा उनले ने, ‘त्यसो भयो भने ऐनमा व्यवस्था भए बमोजिम...
विकासका काममा सिण्डिकेट भएको भन्दै स्वतन्त्र युवा समुह मकवानपुरको ध्यानाकर्षण
मकवानपुर । स्वतन्त्र युवा समुह हेडौँडा ९ मकवानपुरका युवाहरुले वडामा भएका विकास निर्माणका काममा सिण्डिकेट भएको भन्दै वडा अध्यक्षलाई ध्यानाकर्षण गराएका छन् । सिण्डिकेट बनाए ठेक्का पट्टादेखि खेलकुद सम्मका बजेट मकवानपुर बेरोजगार समुहलाई मात्र दिने गरेको र त्यस्ता व्यक्ति र संस्थाले आर्थिक हिनामिना गर्ने गरेको स्वतन्त्र युवा समुहका संयोजक...
मेलम्ची पुनर्निर्माणका लागि एक अर्ब
बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुनर्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको...
३१ वर्षपछि एमाले कर्मचारी संगठन विभाजित
स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्। यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले...
प्रदेश–१ का मुख्यमन्त्रीमा तीनको दाबी
असोज २२ गते प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । विश्वासको मत लिने समयलाई पछि धकेलेर भदौ ३० गते मुख्यमन्त्री भीम आचार्यले मन्त्रीमण्डल विस्तार गरेपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् । विश्वासको मत लिने समयअघि नै अविश्वासको प्रस्ताव दर्ता गर्ने...
घट्यो कुखुराको मासुको मूल्य
चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । महामारीको अवस्था सामान्य हुँदै जाँदा कुखुराको उत्पादन बढेको, तर खपत कम भएकाले मूल्य घटेको हो । महामारीको...
पार्टी र सरकारमा एक्लिँदै देउवा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सत्ता गठबन्धनबाट बिस्तारै एक्लिन थालेका छन्। कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र गठबन्धन दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नुपर्ने दोहोरो दबाबमा रहेका देउवालाई पार्टीका निकट नेताहरूले बिस्तारै साथ दिन छाडेका छन्। र, गठबन्धन दलका शीर्ष नेताहरूबाट पनि असहयोग सुरु भएको...
जेठ २ मै फर्कियो एमाले थाहानगर
मकवानपुर । पार्टीको केन्द्रीय निर्णयबमोजिम नेकपा एमाले थाहा नगर २०७५ जेठमै फर्किएको छ । सोही संरचनाअनुसार आइतबार एमाले थाहानगरको बैठक सम्पन्न भएको एमाले जिल्ला कमिटी सदस्य बुद्धरत्न मानन्धरले बताए । २ जेठ २०७५ अघि संयोजक रहेका विष्णुप्रसाद ढकालको अध्यक्षतामा शनिबार एमाले थाहा नगरकमिटीको बैठक बसेको हो । एमाले केन्द्रीय...
पत्रकार अधिकारी जनसेवा श्रीबाट विभूषित हुने
मकवानपुर । सरकारले पत्रकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीलाई जनसेवा श्रीबाट विभूषित गर्ने घोषणा गरेको छ । गृह मन्त्रालयले संविधान दिवस २०७८ को अवसर पारी विभिन्न क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई विभूषण, मानपदवी तथा अलंकारबाट सम्मान गरिने उल्लेख गरेको छ...










