समाचार

बोलेलो दुर्घटना हुँदा चौघडाका दाहालको मृत्यु

मकवानपुर। हेटौंडामा शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्वरको कुखुरा बोक्ने बोलेरो जीप हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ तिनताप्केस्थित अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर...

मोटरसाइकलको ठक्करबाट राप्रपाका नेता श्रेष्ठसहित दुई गम्भीर घाइते

खोटाङ । मोटरसाइकलको ठक्करबाट खोटाङमा राप्रपाका नेता जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले श्रेष्ठलाई सपिङ कम्प्लेक्स अगाडि सडक छेउमा ठक्कर दिएको...

थाहा नगरको विकास गर्न सबैसँग सहकार्य गर्छु : नगर प्रमुख बिष्ट

मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकाको समग्र विकासका लागि सबै पक्षसंग सहकार्य गरेर अगाडि बढ्ने नगर प्रमुख बिष्णु बहादुर बिष्टले बताएका छन् । नगर प्रमुख बिष्टले थाहा नगरको समृद्धिको लागि प्राप्त सकारात्मक सुझावहरुको कार्यान्यनको लागि आफु प्रतिबद्ध रहेको समेत बताए । थाहा नगरका स्थानीय युवाहरुले थाहा नगरपालिकाका प्रमुख तथा...

भोट हाल्न हिँडेकी वृद्धाको बाटैमा हत्या, नातीविरुद्ध जाहेरी

खोटाङ । मतदानका लागि शहरबाट गाउँ लैजाने क्रममा हजुरमाको बाटैमा हत्या गरेको भन्दै नातीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षकी तुलसा खड्कालाई मतदान गर्नका लागि गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको भन्दै बिरुद्ध...

५० किलो गाँजासहित हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ राप्तीरोड स्थित अटोमा ल्याउदै गरेको ५० किलो गाँजासहित एक जना प्रकाउ परेका छन् । बिहिवार साझँको साढे छ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ना २ ह १५०८ नम्बरको अटोमा ५० किलो ४०० ग्राम...

हेटौंडामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना पक्राउ

मकवानपुर । अर्काको नाममा परीक्षा दिइरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकसेवा आयोग र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन लागिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । लोकसेवा आयोगले लिएको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका–२ का ४२...

बारामा करेन्ट लागेर एक महिलाको मृत्यु

बारा । बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका २३ बैराथपुर टोलकी ३५ वर्षीया प्रभा देवी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार साँझ ७ बजे करेन्ट लागेर गम्भीर घाइते भएकी देवीलाई उपचारका लागि तराई अस्पताल वीरगन्ज लैजाने क्रममा...

बागमती र गण्डकीका गाडीमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट राखिसक्नुपर्ने

मकवानपुर । बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिसक्नु भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यी दुई प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर अनिवार्य नगरिए कारबाही हुने चेतावनी दिएको छ । सरकारले बागमती...

सार्वजनिक सवारीको भाडा २ प्रतिशतले घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो । यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको...

कार्यकर्ता पोस्न बागमती सरकारले दियो २३ सय टुक्रे योजनाको लागि सवा तीन अर्ब

मकवानपुर । २३ सय वटा टुक्रे योजनाको लागि बागमती प्रदेश सरकारले सवा तीन अर्बभन्दा धेरै बजेट निकासा गरेको पाइएको छ ।कार्यकर्ता पोस्न ल्याएको भन्दै विवादित बनेको २३ सय टुक्रे योजनाको लागि प्रदेश सरकारले तीन अर्ब १५ करोड ३५ लाख रुपैयाँ बजेट निकासा गरेको पाइएको हो । चालू आर्थिक वर्ष...