समाचार
तारा एयर दुर्घटना : मृतकको अन्त्येष्टि (फोटोफिचर)
काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो । सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार...
एक करोड बढीमा निर्मित भजन भवन प्रयोगविहीन
भक्तपुर । भक्तपुरको एउटा ऐतिहासिक भजन घर पुनर्निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन सकेको छैन । भक्तपुर नगरपालिका(४ नासमनामास्थित ऐतिहासिक श्यामसुन्दर राश भजन भवन प्रयोगविहीन अवस्थामा छ । पुनर्निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि अन्तिम चरणका केही काम हुन नसक्दा लामो समयसम्म भजन घर प्रयोगविहीन बन्न पुगेको हो...
नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप, प्रहरीले गर्यो हवाइ फायर
बाँके । बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ । दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न...
खेतीयोग्य जमिन बाँझो राखे एक लाख जरिवाना !
काठमाडौं । खेतीयोग्य जग्गा बाँझो राखेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । मन्त्रिपरिषदले भूउपयोग नियमावली स्वीकृत गरी जग्गा बाँझो राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको हो । नियमावलीले काबु बाहिरको पारिस्थिति बाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसूर गरेको मानिने व्यवस्था गरेको...
जार र बोत्तलको पिउने पानीको मूल्य बढ्यो
काठमाडौं । प्रशोधित पिउने पानी उत्पादकहरुले पानीको मूल्य वृद्धि गरेका छन् । बिहीबारबाट लागू हुनेगरी नेपाल बोत्तल वाटर इन्डष्ट्रिज एशोसिएसनले जार तथा बोत्तलको पिउने पानीको नयाँ मूल्य सार्वजनिक गरेको हो । अब, प्रशोधित पिउने पानीको एक लिटरको बोत्तलको फ्याक्ट्री मूल्य १६ रुपैयाँ कायम हुनेछ भने २० लिटरको एक जार...
उडान सुरक्षामा नयाँ नियमः पूर्वाधार नहुँदा कार्यान्वयन चुनौतीपूर्ण
काठमाडौं । तारा एयरको ट्वीनअटर जहाज गत आइतबार मुस्ताङमा दुर्घटनामा परेसँगै मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासँग सम्बन्धित केही नियमहरु सार्वजनिक गर्यो । प्राधिकरणले भनेको छ, ‘जल तथा मौसम विज्ञान विभागबाट जारी भएका मौसम सम्बन्धी भविष्यवाणीले कुनै उडान क्षेत्रमा निश्चित अवधिसम्म उडानका लागि प्रतिकूल मौसमको विवरण दिएको अवस्थामा...
मातहतका कार्यालय र आवासीय भवनमा एलपी ग्याँस प्रयोग नगर्ने विद्युत् प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना सबै कार्यालयहरुबाट खाना पकाउने एलपी ग्याँस विस्थापन गर्ने निर्णय गरेको छ । प्राधिकरणले आफ्ना कार्यालय र आवासीय भवनहरुबाट ग्याँस हटाएर विद्युतीय चुलो प्रयोग गर्न आफू मातहतका सबै कार्यालय, आयोजना र कम्पनीहरुलाई निर्देशन दिएको छ । सरकारी कार्यालहरुबाट सबै ग्याँस सिलिन्डर विस्थापन गर्ने सरकारी...
प्रधानमन्त्री देउवासँग काठमाडौंका मेयर बालेनको भेट
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । ‘महानगरको कार्यपालिकामा...
बतास समूहले पशुपति धर्मशालामा होटल चलाउने बाटो बन्द
काठमाडौं । बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि भएको अन्तरकालीन आदेश काठमाडौं जिल्ला अदालतले बदर गरेको छ । बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले नै गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो । यसअघि पशुपति क्षेत्र...
एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्र
वीरगञ्ज । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ । प्याब्सन पर्सा र एन प्याब्सन पर्साका अनुसार हाल शैक्षिक सत्र आरम्भ भएको बेला स्कूलको शुल्क तिर्न नसकेका अभिभावकले आफ्नो...










