समाचार
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन निर्देशन
बारा । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सर्वोच्च अदालतको निर्णय विपरित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंह दरबारमा बसेको समितिको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम शीघ्र अघि बढाउन आवश्यक कानूनी, प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो...
विमान दुर्घटनामा धनुषाको एकै परिवारका ७ जनाको मृत्यु
जनकपुरधाम । मिथिला नगरपालिका–११ निवासी राजन कुमार गोले स्थानीय तहको निर्वाचनमा घर आएका थिए । आमा–बुवा, श्रीमती, छोरा–छोरी, काका–काकीसहित घर आएका उम्मेदवारका लागि मत माग्न घरदैलोमा पनि हिँडे । चुनाव सकिएपछि श्रीमती र छोराछोरीलाई काठमाडौं पठाइदिएर उनले आमाबुबालाई तीर्थ यात्रामा लैजाने सोच बनाए । राजनको टोलीमा आमाबुबा मात्र होइन,...
प्रतिकूल मौसमले विमान दुर्घटनामा बेपत्ताको खोजीमा समस्या
म्याग्दी । प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा बेपत्ताको खोजीमा समस्या भएको छ । भौगोलिकरुपमा विकट र जोखिमयुक्त ठाउँमा दिउँसोदेखि पानी पर्न थालेको र कुहिरो लागेकाले उद्धारकर्तालाई अप्ठ्यारो भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले १४ जनाको शव भेटिएको...
उच्च शिक्षा अध्ययनको लागि छोरी–बुहारीलाई छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिने
मकवानपुर। बागमती प्रदेश सरकारले उच्च शिक्षा पढ्नको लागि छोरी–बुहारीलाई छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आज बागमती प्रदेश सभामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले उच्च शिक्षा पढ्ने छोरी बुहारीलाई छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
प्रदेश स्तरीय खेलकुद आयोजना गर्ने
मकवानपुर। बागमती प्रदेश सरकारले प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बागमती प्रदेश सभामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारले प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र प्रदेश स्तरीय खेलकुद आयोजना गर्न प्रदेश स्तरीय रंगशाला निर्माण गर्ने बताए...
एक वडा, एक पशु सेवा कार्यालय स्थापना गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा एक वडा, एक पशु सेवा कार्यालय स्थापना गर्ने भएको छ । बागमती प्रदेश सभामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्यवयमा एक वडा,एक पशु सेवा कार्यालयको स्थापना गरिने...
वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा लगानी सुनिश्चित गरिने
काठमाडौं । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्र बजारमा लगानी गर्न आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित गरिने भएको छ । आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्र बजारमा लगानी गर्न आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित...
‘स्टार्टअप’ का लागि २६ करोड रकम विनियोजन
काठमाडौँ । सरकारले देशका सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापनाका लागि २६ करोड रुपैयाँ विनियोजन गरेको छ । नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई सहयोग गर्न भेन्चर क्यापिटलमार्फत बिउ पुँजी प्रदान गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्टार्टअप व्यवसायलाई चौतर्फी सहयोग गर्ने बताएका...
चितवनलाई काठमाडौं, बुटवल र पोखरासँग जोड्ने ३ द्रुतमार्ग बनाउने सरकारको घोषणा
काठमाडौं । सरकारले चितवनलाई केन्द्रमा राखेर ३ द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ– चितवन द्रुतमार्ग घोषणा गरे । यस्तै निजी क्षेत्रमार्फत चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग बनाउन...
लमजुङको कोइलेनीमा टिपर दुर्घटना हुँदा ४ को मृत्यु
लमजुङ–लमजुङको मध्यनेपालमा टिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको टिपर दुर्घटना भएको...








