समाचार
स्वरोजगार कोषको ब्याज अनुदान वितरणमा तीब्रता
काठमाडौं । युवा स्वरोजगार कोषले पछिल्लो समय ‘असल व्यवसायी’हरूलाई ब्याज अनुदान दिने क्रम तीब्र पारेको छ । कोषले विहीबार भक्तपुर जिल्लाको सूर्यविनायकस्थित प्रकृति सहकारीसंस्थामा आवद्ध ‘असल व्यवसायी’हरूलाई करिब ३ लाख रूपैयाँ ब्याजअनुदान बाँड्को हो । कोषको तर्फबाट अनुसन्धान, कार्यक्रमप्रवर्द्धन तथा सूचनाप्रविधि शाखाप्रमुख नारायणदत्त देवकोटाले उक्त रकम बाँडेका हुन् ।...
मकवानपुर गोल्डकप सुरु, सिमराको विजयी सुरुवात
मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बिहीबारबाट हेटौंडामा चौथो सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमराले विजयी सुरुवात गरेको छ । सिमराले बागमती युवा क्लब सर्लाहीलाई २–० गोल अन्तरले...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १० रुपैयाँ घट्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले ती सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले...
हेटौंडामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ सरस्वती खोला नजिक भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सरस्वती खोला नजिक दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ बर्षीय सन्दिप अर्यालको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्रयाक्टर...
पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम)लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो । शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना...
सफ्टवेयरको सोर्स कोड चोरी गरी बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । प्रहरीले सफ्टवेयरको सोर्स कोड (कम्प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका १ किहुँ घर भएका ३५ वर्षीय सन्तोष सिग्देल रहेका छन् । उनले ललितपुर सानेपामा म्याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गर्दै आएका छन् । ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवेयरको...
पाँच दिनमा एउटै स्थानमा डुबेर तीन को मृत्यु
धनगढी । धनगढी–३ स्थित मोहना नदीमा डुबेर एक जना तेस्रो लिङ्गी व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ स्थित राजघाट जोड्ने पुलमुनि नुहाउन गएका तेस्रो लिङ्गी व्यक्तिको महिलाको मृत्यु भएको हो । पुलको मुनी खोचमा डुबेर अन्दाजी ४० वर्षीय तेस्रो लिङ्गी व्यक्तिको मृत्यु भएको जिल्ला...
बेँसीसहरको पहिलो निर्णयः अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा निःशुल्क
लमजुङ । बेँसीसहर नगरपालिकाले अतिविपन्न र दलित विपन्नको स्वास्थ्य बिमा निःशुल्क गरिदिने भएको छ । बिहीबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्नहरूको उपचार पहुच सहज बनाउने उद्देश्यले स्वास्थ्य बिमा निस्शुल्क गर्ने...
तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान २७ जेठसम्म बन्द
काठमाडौं । तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको यति एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै यति एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान स्थगति गरिएको जनाएको छ ।...
औषधि किन्न गएका साहको शव इनारमा भेटियो
सिरहा । सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका–२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको हो । हिजो मंगलबार अपरान्ह श्रीमतीको औषधि लिन घरबाट निस्केका साहको शव गाउँकै इनारभित्र फेला परेको स्थानीय विजय यादवले...










