समाचार

विवादपछि सर्वोच्चले लुकायो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने आदेश

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ । झन्डै तीन अर्बभन्दा बढी खर्च भएको विमानस्थल निर्माणमा पुनरावेदन नै हुन नसक्ने गरी अचानक रोक लगाएको महत्वपूर्ण मुद्दामा आदेश दिएको १० दिन बढी नाघिसक्दासम्म सर्वोच्चले संक्षिप्त आदेश...

रोहिणी बस दुर्घटना – घाइतेको उपचार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको रोहीणी गाउँपालिका–३ स्थित भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणाी पुलमा बस दुर्घटना हुँदा घाइते भएकाहरूको उपचार गर्न निर्देशन दिएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई...

भैरहवा बस दुर्घटनाः एक महिलासहित ९ जनाको मृत्यु

भैरहवा । रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिलासहित ९ जनाको मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । यात्रुमध्ये ४ जनाको भिम अस्पतलामा र ५ जना युसिएमएस मेडिकलमा मृत्यु भएको छ । बसमा दुई बच्चा र ६ जना...

भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु

काठमाडौं । भीरबाट खसेको ढुंगा लागेर शुक्रबार गोरखाको धार्चे गाउँपालिकामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धार्चे–३ उहियाका २० वर्षीय धनबहादुर गुरुङको ज्यान गएको हो । भीरबाट खसेको ढुंगा लागेर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ९डिएसपी० लीलाराज लामिछानेले बताए ।

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटो फिचर)

काठमाडौं । वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ ।

भारी वर्षाको कारण हेटौंडा बसपार्क डुबानमा

मकवानपुर । भारी वर्षाको कारण हेटौंडाको विभिन्न भागहरु डुबानमा परेका छ । शनिबार दिउँसो परेको भारी वर्षाले हेटौंडा–१० स्थित बसपार्क क्षेत्र ,हङकङ बजार, हेटौंडा–५ को विभिन्न ठाउँहरु डुबानमा परेका छन् । मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको...

हेटौंडामा विश्व वातावरण दिवसको अवसरमा साइकल र्‍याली

मकवानपुर । विश्व वातावरण दिवसका अवसरमा आज हेटौंडामा वातावरणीय सचेतना मूलक साइकल र्‍याली गरिएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको साइकल र्‍यालीले हेटौंडा परिक्रमा गरेको थियो । टोल विकास संस्था नगर समन्वय समितिको हेटौंडा उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो । उपमहानगरपालिका कार्यालयबाट सुरु भएको र्‍याली चौघडा, हटिया, रातोमाटे,...

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै काठमाडौंमा निजगढवासीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं । बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्दै निजगढवासीले शनिबार काठमाडौंको बानेश्वरदेखि माइतीघरसम्म गरेको प्रदर्शन । सर्वोच्च अदालतले १० दिनअघि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य रोकेर त्यसको विकल्प खोज्न आदेश दिएको थियो ।  

जातीय भेदभाव र छुवाछुत सभ्य समाजको कलङ्क हो – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । उनले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलङ्कका रुपमा चित्रण पनि गरे । भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकले न्याय, समानता र...

आज सार्वजनिक विदा

काठमाडौं । सरकारले आज सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिनको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम हुने जानकारी दिए । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट...