समाचार

काठमाडौं महानगरद्वारा कल सेन्टर सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याएको छ । महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि भन्दै महानगरले कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । यसअघि जेठ १६ गते महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो । कुनै गुनासो वा समस्या...

भोलिबाट काठमाडौंको फोहोर उठाउने सहमति

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने...

सहुलियत दरमा ढुटो, चोक्कर बिक्री गर्ने नाममा किसान ठग्दै क्षितिज दुग्ध उत्पादक सहकारी

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ को दुग्ध सरकारीको किसान ठग्ने अर्का रहस्य फेला परेको छ । दूध जाँच गर्ने मेसिन बिगारी किसान ठग्दै आएको मनहरी १ स्थित क्षितिज दुग्ध उत्पादक सहकारीले सहुलियत दानाको नाममा किसानलाई ठग्दै आएको पाइएको हो । सहकारीका सञ्चालक समितिकै मिलेमतोमा गाई...

दुबै मृगौला फेल भएपछि सहयोगको अपेक्षा गर्दै कांग्रेस नेता प्रजा

मकवानपुर । मकवानपुरको काकडा निवासी रामकृष्ण प्रजाको दुबै मृगौला फेल भएपछि अहिले उनी सबैसँग सहयोगको अपेक्षा गरेका छन् । पत्रकारसँग कुराकानी गर्दै उनले हप्ताको दुईचोटी डाइलेसीस गर्नुपर्ने र एकचोटी सात हजार लाग्ने भएकाले सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । ४६ वर्षका प्रजा मृगौला प्रत्यारोपण गर्न नातेदार तयार भएता...

फेसबुकको मित्रताले १६ वर्षीया किशोरी बलात्कृत

नेपालगञ्ज । बाँकेमा सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रता गाँसेर जन्मदिन मनाउने बहानामा बोलाएर १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले किशोरीलाई जन्मदिन मनाउने बहानामा बोलाएर मदिरा सेवन गराई सामूहिक बलात्कार गर्ने...

बाँदरमुढे घटनाका पीडितको पीडा बल्झँदो, पीडित भन्छन्–प्रचण्डले आश्वासन मात्रै दिए

चितवन । बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ । पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन् । चितवन...

वातावरण दिवसको अवसरमा नवोदयका विद्यार्थीको जनचेतनामूलक नाटक

मकवानपुर । ५० औँ विश्व वातावरण दिवसको अवसरमा हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आइतबार सचेतनामूलक नाटक प्रस्तुत गरेका गरी वातावारण सप्ताहा समापन गरेको छ । विद्यमान परिवेशमा वातावरण प्रदूषण कसरी भइरहेको छ र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुले नेपथ्यको धुनको सहायतामार्फत...

किसान ठग्ने मेसिन राख्दै क्षितिज दुग्ध उत्पादक सहकारी

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर १ का दुग्ध सहकारीले किसानलाई ठगेको पाइएको छ । वडामा रहेको क्षितिज दुग्ध उत्पादक सहकारी सस्थाको २ वटा शाखाबाट किसानलाइ ठगी गरेको पाइएको हो । जेठ २१ गते अखबार हव टिमले गरेको स्ट्रीङ अप्रेसनबाट वडाको चकरीमा रहेको उक्त सहकारीको शाखाले प्रति...

कृषिप्रधान देश नेपालमा पछिल्लो १० महिनामा भित्रियो ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ

काठमाडौं । नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यहवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी गरेको छ । विभागका अनुुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७...

दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार 

काठमाडौं ।  राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले...