भारी वर्षाको कारण हेटौंडा बसपार्क डुबानमा
मकवानपुर । भारी वर्षाको कारण हेटौंडाको विभिन्न भागहरु डुबानमा परेका छ । शनिबार दिउँसो परेको भारी वर्षाले हेटौंडा–१० स्थित बसपार्क क्षेत्र ,हङकङ बजार, हेटौंडा–५ को विभिन्न ठाउँहरु डुबानमा परेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने जनाएको थियो ।







