बोलेलो दुर्घटना हुँदा चौघडाका दाहालको मृत्यु
मकवानपुर। हेटौंडामा शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्वरको कुखुरा बोक्ने बोलेरो जीप हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ तिनताप्केस्थित अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परेर उक्त गाडीमा सवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडा घर भएका ३३ बर्षीय गोपाल दाहालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त बोलेरोका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।







