समाज/राजनीति

मनलाग्दी गरेको शुल्क वृद्धि तत्काल फिर्ता गर्न अनेरास्ववियुको माग

मकवानपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुले निजि विद्यालयले गरेको शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि अनेरास्ववियुले १२ बुँदे माग राख्दै माग पुरा नभए आन्दोलनको चेतावनी दिएको हो । निजि शैक्षिक संस्थाहरुले अभिभावकको ढाड सेक्ने गरि गरिएको शुल्क वृद्धि...

चाँडै कांग्रेस नेतृत्वमा सरकार बन्छ : बानियाँ

मकवानपुर। नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा प्रदेशसभामा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा केही दिनमै सरकार परिर्वतन हुने दाबी गरेका छन् । सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी बानियाँले गरेका हुन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन भएको विषयमा सञ्चारकर्मीसँग संक्षिप्त...

मुख्यमन्त्री पाण्डे विरुद्ध कांग्रेस र माओवादीको हस्ताक्षर संकलन

मकवानपुर। वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् । पूर्वसहमति अनुसार पदबाट हट्न नमानेपछि उनीविरूद्ध हस्ताक्षर संकलन गर्नुपरेको कांग्रेस र माओवादी केन्द्रले जनाएका छन् । प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीका सांसदले हस्ताक्षर संकलन...

एक हप्ताभित्र पाठ्यपुस्तक उपलब्ध गराउन अनेरास्ववियु मकवानपुरको माग

मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जिल्लामा रहेका सर्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एक हप्ताभित्र पाठ्यपुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेको छ । आज अनेरास्ववियु मकवानपुरले जिल्ला प्रसाशन कार्यलयका प्रमुख भरतमणि पाण्डे मार्फत सरकारलाई एक हप्ताभित्र सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पाठ्यपुस्तक उपलब्ध गराउन ध्यानाकर्षण गरेको हो ।...

पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय प्रचार विभागले आज जिल्ला अध्यक्षहरूसँग गरेको अन्तर्क्रियामा अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि नै प्रदेश, जिल्ला, वडा तहसम्म सङ्गठन सुदृढीकरण गरी मतदाताका घरघरमा पार्टीले अवलम्बन...

गठबन्धनको उद्देश्य सत्ता स्वार्थ मात्रः ज्ञवाली

चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताएका छन् । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेको टिप्पणी गरे । मुलुक आर्थिक हिसाबले मुलुक अत्यन्त जोखिमको अवस्थामा पुगेको भन्दै उनले भने,...

नयाँ पार्टी घोषणा गर्दै वामदेव

काठमाडौँ । वामदेव गौतमले मंगलवार नयाँ पार्टी घोषणा गर्दैछन् । नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका गौतमले सो अभियानलाई नै नयाँ पार्टी बनाउन लागेका हुन् । पार्टीमा ६९ केन्द्रीय सदस्य रहने छन् । पार्टी संयोजक गौतम रहनेछन् । यो पार्टीले कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने विषयमा जोड दिने अभियानले...

प्रतिपक्षीसँग भएको सहमति कार्यान्वयन हुन्छः मन्त्री जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले सरकारले बजेट बनाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) सँग भएको सहमतीलाई पूर्णरुपमा कार्यान्वय गर्ने बताउनुभएको छ । आज प्रदेश सभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री जम्कट्टेलले सरकार प्रतिपक्षीहरुसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले...

बागमती प्रदेशसभाको बैठक बस्दै

मकवानपुर। बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ । प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न...

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । एकीकृत समाजवादीबाट मन्त्रीमा नियुक्त भएका चार जनालाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी...