समाज/राजनीति
जीवनरामको जीवनयात्राः वडाध्यक्षदेखि पर्यटनमन्त्रीसम्म
काठमाडौं । जीवनराम श्रेष्ठको राष्ट्रिय पहिचान खेल क्षेत्रबाट भए पनि उनको राजनीतिक जीवन पनि कमजोर छैन । दुईपटक राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव र नेपाल ओलम्पिक कमिटीको अध्यक्ष भएका कारण उनी खेल क्षेत्रबाट स्थापित भए । तर, उनलाई खेल क्षेत्रमा स्थापित गर्न पनि राजनीतिकै देन छ । २०५४ सालमा...
बिदा हुनुअघि मन्त्री झाँक्रीको अश्रुधारा
काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छन् । मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन सुरुवातमै उनी रोएकी हुन् । उनी कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेकी हुन् । पार्टी सचिवालय बैठक फिर्ता बोलाउने निर्णय गरे...
एमालेद्वारा बागमती प्रदेशसभा बैठक अवरुद्ध
मकवानपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटबारे छलफलका लागि आइतबार बोलाइएको बैठक एमालेले अवरुद्ध गरेको हो । एमालेको अवरुद्धका कारण सभामुख सानुकुमार श्रेष्ठले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । बागमती सरकारले आगामी आर्थिक...
प्रेम आलेको राजीनामा माधव नेपालको गोजीमा
काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनले आफ्नो राजीनामा पत्र बुझाएका हुन् । आलेले हिजो बसेको पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसैबमोजिम अध्यक्षसमक्ष उनको राजीनामा आएको पार्टीका नेता सोमप्रसाद पाण्डेले बताए । आलेको...
नेकपा एसका मन्त्री फेर्न प्रधानमन्त्री देउवाको नयाँ सर्त – बानियाँलाई बागमतीको मुख्यमन्त्री छोड्नुपर्ने
काठमाडौँ । एकीकृत समाजवादीले मन्त्री हेरफेरको निर्णय गरेको शनिबार २० दिन पुग्यो । २२ असारमा बसेको सचिवालय बैठकले मन्त्री फेर्ने निर्णय गरेको थियो । र, सोही दिन साँझ मन्त्रीका लागि शपथ गर्ने नेताहरूको सूची अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए । सोही साँझ रामकुमारी झाँक्री र विरोध...
‘नगर प्रमुखको हठ र घमण्डले नगर सभा स्थगित भयो’
मकवानपुर । नेकपा एमाले मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको नगर सभा नगर प्रमुखको हठ र घमण्डले स्थगित भएको आरोप लगाएको छ । शुक्रबार बोलाइएको हेटौंडाको नगर सभा स्थगितपश्चात नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तौ बताएको हो । नगरसभालाई सरल र सहज ढंगबाट सञ्चालन गर्नको लागि मकवानपुरका क्रियाशिल दलका...
‘विद्रोही’ १० सांसदबारे राजेन्द्र पाण्डेले भने – उहाँहरूसँग पार्टी छाड्ने तागत छैन
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं वागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्री फिर्ता बोलाउने निर्णय केही हतारमा भएको बताएका छन् । पार्टीको पोलिटब्यूरो बैठकपछि उनले अलि हतारमा निर्णय भएपनि भोलि साँझसम्म फेरबदल हुने बताए । ‘पहिले हामीले गरेको निर्णय पनि अपरिपक्व जस्तै भयो,’ उपाध्यक्ष पाण्डेले भने, ‘किनभने बजेटको छलफल...
बहुमत नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको नगर सभा स्थगित
मकवानपुर । बुहुमत नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । हेटौँडा उपमहानगरपालिकाको ११ औँ नगरसभा आगामी आईतवार दिउसो १ बजे सम्मको लागी स्थगीत भएको हो । नेकपा एमालेबाट निर्वाचीत कार्यपालिका सदस्यहरुले उपस्थित नजनाएपछि नगरसभा स्थगित गरीएको हो । ९७ जना नगरसभा सदस्य रहेको सभामा ४० जनाले मात्र हस्ताक्षर...
बाहिरियो इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने तीन दलबीचको लिखित सहमति
मकवानपुर। बागमती प्रदेश सरकारको नेतृत्वबारे भएको लिखित सहमति बाहिरिएको छ । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलबीच बागमती प्रदेश सरकारको नेतृत्वबारे भएको लिखित सहमति बाहिरिएको हो । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख छ । २०७८...
देशको राजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन्ः अध्यक्ष प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको दाबी गरेका छन् । बिहीबार ललितपुरमा स्थानीय तहको निर्वाचनमा माओवादीबाट विजयी जनप्रतिनिधिको प्रशिक्षण भेलामा अहिलेको अवस्थामा पनि आफ्नो पार्टीले एक सय २२ पालिका जित्नु ठूलो कुरा भएको उनले बताए...










