समाज/राजनीति

संसदमा ओलीले सरकारलाई भने : इनफ इज इनफ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उनले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’ उनले मन्त्रीहरु र सत्तापक्षका...

जसपाका नयाँ मन्त्रीको सपथ साढे ४ बजे

काठमाडौँ । जनता समाजवादी पार्टीका नयाँ मन्त्रीको सपथ आज हुने भएको छ। सोमबार अपरान्ह साढे ४ बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ। उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाइने छिन्। जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार...

माओवादी केन्द्रिय समितिमा प्रचण्डका छोरी–ज्वाँई

काठमाडौं । नेकपा माओवादीको केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन्। आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रिय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्य अटाउन सफल भएका हुन । सूचीको ३ सय १३औं...

नेकपा एसको सचिवालय बैठक : बागमती छाड्नुपरे सुदूरपश्चिममा दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा बैठक बसिरहेको हो । बागमती प्रदेश सरकार, समसामयिक राजनीतिक परिवेश, पार्टीका आगामी योजना बैठकका मुख्य एजेण्डा छन् । सहमति अनुसार बागमतीमा मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने नेकपा एसलाई चर्को दबाब छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ताघटककै कांग्रेस...

एमालेको निष्कर्ष : चुनावसम्म सत्ता गठबन्धन सग्लो रहन्न

काठमाडौं । नेकपा एमालेले अहिलेको सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम हुनेमा विश्वास नभएको बताएको छ । पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गठबन्धनमा रहेका दलहरुबीचको आपसी अविश्वासका कारण गठबन्धन कायम हुन्छ भन्नेमा विश्वास नभएको बताए । ‘गठबन्धनमा रहेका दलहरुमा एक अर्कापति...

मुख्यमन्त्री पाण्डेसँग महेश बस्नेतको भेट, सत्ता गठबन्धनमा तरंग

काठमाडौँ । बागमतीमा एकीकृत समाजवादीलाई सहयोग गर्न एमाले तयार रहेको बताइरहेका बेला मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले नेता महेश बस्नेतबीच छलफल भएको छ । गत बिहीबार दिउँसो बानेश्वरको एभरेष्ट होटलमा पाण्डे र बस्नेतबीच छलफल भएको हो । उक्त छलफल वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकी नेतृ शोभा पाठकको...

वामदेव गौतम पार्टीबाट निष्काशित (पत्रसहित)

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध रहेका चार राजनीतिक दलहरुले संयोजक बामदेव गौतमलाई निष्कासन गरेको छ । उनीमाथि गम्भीर आरोप लगाउंदै सो पार्टीहरुले उनलाई हटाएका हुन् । अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै...

नेकपा एसले भन्यो – मुख्यमन्त्री हेरफेर गठबन्धनको शीर्ष तहबाट मात्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री राजेन्द्र पाण्डेको सन्दर्भमा कांग्रेस र माओवादीबाट भइरहेको हस्ताक्षरको बारेमा गठबन्धनको शीर्ष नेतृत्वले नै टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ । शनिवार प्रदेशसभा संसदीय दलको बैठकमा भएका छलफलबारे जानकारी दिँदै उपनेता कृष्ण खनालले केन्द्रीय गठबन्धनले जे गर्छ प्रदेशमा त्यही लागु हुने बताए...

निजगढ पुगेर प्रधानमन्त्रीले भने : दुइटा रनवेसहितको सुविधासम्पन्न विमानस्थल बनाउँछौँ

बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । शनिबार निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को निरीक्षणमा पुगेका उनले सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको बताएका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘दुइटा रनवेसहित विमानस्थल...

हेटौंडामा सरकार विरुद्ध राप्रपाको राँके जुलुस

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले आज (शुक्रबार) साँझ हेटौंडामासरकार विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । बेरोजगारी, मंहगी, भ्रष्टाचार एवम् मुल्यवृद्धी विरुद्धको आन्दोलन तथा दवाबमुलक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार, प्रधानमन्न्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई ज्ञापन–पत्र बुझाइ सके पश्चात राप्रपाले राखेको २२ बुंदे माग कार्यन्यवन तर्फ...