समाज/राजनीति
महंगीको चित्र देखाउँदै ज्ञवालीले भने– मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नियन्त्रणहीन ढंगले मूल्यवृद्धि भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आजको संसद बैठकमा विभिन्न वस्तु तथा सेवाहरूमा भएको मूल्यवृद्धिको तथ्यांकसमेत प्रस्तुत गरे । ज्ञवालीले पछिल्लो एक वर्षमै खाद्यान्नमा ४० प्रतिशत मूल्यवृद्धि भएको बताए । मूल्यवृद्धिको मारमा परेका जनतालाई सरकारले राहत दिने...
छानबिन समितिले जनार्दनसँग लियो ३ घण्टासम्म बयान
काठमाडौं । संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए । बयानपछि उनी पत्रकारहरुले सोधेका प्रश्नको जवाफ नदिई बाहिरिएका छन् । संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी...
मनहरीको बनकरीया होमस्टेको नाममा आर्थिक चलखेल
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाको वडा ४ मा रहेको बनकरीया होमस्टे निर्माण लागी छुट्टाईएको रकमको दुरुपयोग भएको छ । मनहरी गाँउपालिकाले आर्थिक बर्ष ०७५/७६ वडा नम्बर ४ मा बनकरिया होमस्टे निर्माणको लागी भन्दै रु ५ लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट होमस्टेको नाममा बनिसकेको घरमा सामान्य...
बागमतीको कृषि मन्त्रालयः चार वर्षमा पनि बनेनन् शीतभण्डार
मकवानपुर / वाग्मती प्रदेश सरकारले निर्माण सुरु गरेको सम्पूर्ण शीतभण्डार अलपत्र परेका छन् । तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको १० वटै शीतभण्डार अलपत्र परेका हुन् । प्रदेशले १३ वटै जिल्लामा कृषि उत्पादनलाई बेमौसममा बिक्रीवितरण गर्न भण्डारणका लागि शीतभण्डार निर्माण सुरु गरेको थियो । निर्माण कार्य प्रारम्भ भएको...
बागमती प्रदेशसभा बैठक : पाँच अध्यादेश स्वीकृत
मकवानपुर । बागतमी प्रदेशसभाको आजको बैठकले पाँचवटा अध्यादेशलाई स्वीकृति प्रदान गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक एक घण्टा ढिलो गरी बसेको थियो । बैठकले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’, ‘स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था...
युवा संघले जलायो प्रधानमन्त्री देउवाको पुतला
काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । युवा संघका कार्यकर्ताले नयाँ वानेश्वरमा मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएका छन् । यस क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच ठेलमठेल भएको थियो । प्रहरीले आगो नियन्त्रण गरी युवा संघका...
जसपा विवाद : बाबुराम भट्टराई पक्षको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ। काठमाडौंमा बस्ने बैठक भोलि बुधबारसम्म चल्नेछ। अर्का अध्यक्ष यादवले भने असार बुधबार र बिहीबार वीरगञ्जमा बैठक बोलाएका छन्। पछिल्लो समय पार्टीका अध्यक्षद्वय यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग...
राष्ट्रिय युवा संघले मसाल जुलुस निकाल्ने
काठमाडौँ । नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मसाल जुलुस तथा विरोध प्रदर्शन गर्ने भएको छ। संघले आज हतियार खरिद प्रकरणविरुद्ध मसाल जुलुस तथा विरोध प्रदर्शन गर्न लागेको हो । साँझ ५ः३० बजे बिरोध प्रदर्शन गर्ने कार्यक्रम छ।
एकीकृत समाजवादीका विद्यार्थीले गरे त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड
काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ । सोमबार अनेरास्ववियूको एक समूहले उपकुलपति प्रा।डा।धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हो । उनीहरुले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट पनि फलिदिएका छन् । सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी...
७ वडाध्यक्षसहित बुढीगंगाको मेयर–उपमेयरमा एमाले विजयी
कैलाली । बाजुराको बुढीगंगा नगरपालिका मेयर–उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । भर्खरै सकिएको मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ६, ९, र १० मा एमाले...










