युवा संघले जलायो प्रधानमन्त्री देउवाको पुतला
काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । युवा संघका कार्यकर्ताले नयाँ वानेश्वरमा मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएका छन् ।
यस क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच ठेलमठेल भएको थियो । प्रहरीले आगो नियन्त्रण गरी युवा संघका कार्यकर्तालाई नियन्त्रणमा लिने प्रयास गर्दा केही बेर धकेलाधकेल भएको हो ।
मंगलबार साँझ युवा संघका नेताहरूले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरूले प्रदर्शनको क्रममा सरकारविरोधी ब्यानरसहित ुभ्रष्टाचारी सरकार चाहिँदैनु लगायतका नाराबाजी गरेका छन् ।
पेट्रोलियम पदार्थसहित खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुमा पटकपटक मूल्यवृद्धिका कारण शेरबहादुर देउवा नेतृत्वको सरकार आलोचित बन्दै आएको छ ।







