समाज/राजनीति

राष्ट्रपतिको निर्णयको स्वागत गर्दै कमल थापाले भने – संसदले हठ प्रदर्शन नगरोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् । ‘विभेदकारी र राष्ट्रहित विपरीतको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वाभाविक छ । राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ ’, थापाले सामाजिक सञ्जालमा...

मसँग उपचार गराउने पैसा पनि छैन – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो उपचार गर्न पैसा नभएको बताएका छन् । राष्ट्रिय युवा सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफनो र श्रीमतीको नाममा भएको सबै सम्पत्ति सरकारको नाममा गरिदिएकाले विरामी हुँदा उपचार गराउने खर्च समेत नभएको बताएका हुन् । उनले सांसदबाट आउने पैसाले अहिले उपचार गराइरहेको...

गठबन्धनको कारण राष्ट्रमा नै अनिष्ट हुने : सांसद दाहाल

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा मकवानपुर क्षेत्र नं. १ का माननीय सांसद कृष्णप्रसाद दाहालले गठबन्धनको सरकारको कारण आर्थिक रूपमा मुलुक जर्जर भएको र राष्ट्रमा नै अनिष्ट हुने अबस्था रहेको बताउनु भयो । नेकपा एमाले बकैया गाउँपालिका कमिटीद्वारा आयोजित पार्टी सुदृढीकरण र शुद्विकरण अभियानको क्रममा पालिका स्तरीय...

अध्यक्ष ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन कमिटी

काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सबै सदस्यहरु, केन्द्रीय निकाय अनुशासन, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय प्रतिनिधि परिषद्का‌ पदाधिकारीहरुलाई कमिटीमा राखेको छ । त्यसैगरी सो कमिटीमा प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिव,...

विचारको आधारमा बनेको संगठनको बलमा गठबन्धन परास्त गर्छौ : नेता राना

मकवानपुर । नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य रामेश्वर रानाले सामाजिक, आर्थिक र साँस्कृतिकको रूपान्तरण गर्दै समाजवादतर्फ अगाडि बढ्नुपर्ने बताउँदै विचारमा आधारमा बनेको संगठनको बलमा गठबन्धनलाई आगामी निर्वाचनमा परास्त गरिने बताउनु भयो । नेकपा एमाले थाहा नगरको नेता र कार्यकर्ता भेटघाटमा विचार, दृष्टिकोण र मान्यता विनाको गठबन्धन र स्वतन्त्रको नाममा...

राष्ट्रिय युवा मोर्चा मकवानपुरको नेतृत्वमा विवेक बिक्रम शाह

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको भातृ संगठन राष्ट्रिय युवा मोर्चाले विवेक बिक्रम शाहको नेतृत्व पाएको छ । मोर्चाको शनिवार हेटौंडामा भएको भेलाले शाहको संयोजकत्वमा ३७ सदस्यीय कार्यसमिति गठन गरेको छ । सहसंयोजकमा विरेन्द्र श्रेष्ठ, उपाध्यक्षमा विवेक श्रेष्ठ, सचिवमा अप्सरा ढुंगेल, विशेक बिक्रम शाह, सन्जोक श्रेस्ठ र कोषाध्यक्षमा...

गठबन्धन सरकारले मुलुकलाई बर्बादीतर्फ धकेल्योः केन्द्रीय नेता पौडेल

मकवानपुर । नेकपा एमालेका केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेलले गठबन्धन सरकारले मुलुकलाई बर्बादीतर्फ तर्फ धकेलेको र अग्रगमनको लागि एमालेको विकल्प नरहेको बताएका छन् । नेकपा एमाले मकवानपुरगढी गाउँपालिका कमिटीले आयोजना गरेको संगठन सुदृढीकरण तथा शुद्विकरण अभियानको क्रममा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको कारण सबैभन्दा बढि संविधान,...

मकवानपुर क्षेत्र नं – २ बाट चुनाव लड्ने तयारीमा खतिवडा

मकवानपुर । नेकपा सामाजवादीका नेता तथा निवर्तमान स्वाथ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । आगमी मंसिर ४ गते हुन लागेको निर्वाचनमा सत्तारुढ गठवन्धनका तर्फबाट विरोध खतिवडाले उम्मेदवारी दिने तयारी गरेका हुन् । केन्द्रीय स्तरमा सत्तारुढ गठवन्धनका बिचमा भएको सहमती अनुसार...

सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै सकस

काठमाडौँ । सरकारले आमनिर्वाचनको मिति घोषणा गरेपछि पाँचदलीय सत्ता गठबन्धनका नेता तालमेलको गृहकार्यमा जुटेका छन् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँट गर्ने तयारी भए पनि सहमति जुटाउन सत्ता गठबन्धनलाई सहज देखिँदैन । कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बस्ने गठबन्धन बैठकले कार्यदल...

जनताको अपेक्षा अनुसार काम गर्नुहोस् : केन्द्रीय सदस्य राना

मकवानपुर । नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले जनप्रतिनिधिहरूले जनताको अपेक्षा बुझेर काम गर्नुपर्ने बताउनु भयो । नेकपा एमाले जिल्ला कमिटी, मकवानपुरद्वारा आयोजित तथा स्थानीय तह विभागले संयोजनमा भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै जनताको कामलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा सम्पादन गर्न र पार्टीले निर्वाचनमा जारी गरेको...