मकवानपुर क्षेत्र नं – २ बाट चुनाव लड्ने तयारीमा खतिवडा

अखबार हब
२०७९ श्रावण २०, शुक्रबार ११:००

मकवानपुर । नेकपा सामाजवादीका नेता तथा निवर्तमान स्वाथ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । आगमी मंसिर ४ गते हुन लागेको निर्वाचनमा सत्तारुढ गठवन्धनका तर्फबाट विरोध खतिवडाले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

केन्द्रीय स्तरमा सत्तारुढ गठवन्धनका बिचमा भएको सहमती अनुसार पनि प्रतक्ष निर्वाचनमा जुन दलले विजयी भएको छ त्यही दललाई दिने सहमती अनुसार पनि उक्त क्षेत्र खतिवडाले पाउने देखिन्छ ।

एकिकृत समाजबादीका केन्द्रीय नेतासमेत रहेका खतिवडाले क्षेत्रनम्बर २ मा आफुले प्रतक्ष रुपमा चुनाब लड्न पाउनुपर्ने माग राखेका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभाका सांसदसमेत रहेका खतिवडासंगै गठवन्धनका तर्फबाट रामनारायण विडारी र कांग्रेसका नेता इन्द्र बहादुर बानियाँको चर्चा चलेको छ । हिजो सरकारले मंसिर ४ गते चुनाब घोषणा गरेसंगै चुनावी तयारीमा दलहरु लागिपरेका हुन् । क्षेत्रनम्बर २ मा चुनाब लड्ने तयारीका साथ खतिवडा पार्टीका जिल्ला स्तरिय कार्यक्रममा सक्रिय भएका छन् ।

क्षेत्र नम्बर २ का विभिन्न स्थानीय तहमा चुनाव लक्षित कार्यक्रम तय गरेर हिडेका छन् । आज कैलाश गाउँपालिकाको नामटारमा चुनावी कार्यक्रम तय भएको उनले बताए । यही कार्यक्रम अनुसार, मनहरी, भीमफेदी, लगायतका गाउँपालिकामा चुनाव लक्षित कार्यक्रमलाई जोड दिइएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*