राष्ट्रिय युवा मोर्चा मकवानपुरको नेतृत्वमा विवेक बिक्रम शाह
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको भातृ संगठन राष्ट्रिय युवा मोर्चाले विवेक बिक्रम शाहको नेतृत्व पाएको छ ।
मोर्चाको शनिवार हेटौंडामा भएको भेलाले शाहको संयोजकत्वमा ३७ सदस्यीय कार्यसमिति गठन गरेको छ । सहसंयोजकमा विरेन्द्र श्रेष्ठ, उपाध्यक्षमा विवेक श्रेष्ठ, सचिवमा अप्सरा ढुंगेल, विशेक बिक्रम शाह, सन्जोक श्रेस्ठ र कोषाध्यक्षमा सौरभ खड्का चयन गरेको राप्रपा पार्टी जिल्ला उपाध्यक्ष शंकर सिंह ठकुरीले जानकारी दिए । भेलाले निरजलन पुडासैनीको संयोजकत्वमा २७ सदस्यीय हेटौंडा उपमहानगर कार्यसमिति चयन गरेको छ ।
नगर सहसंयोजकमा जिसु श्रेष्ठ, उपाध्यक्षमा अमन रोय, सचिवमा सुनिल न्यौपाने, सहसचिवमा राजिव विडारी र सुनिल क्षेत्री चयन भएको उपाध्यक्ष ठकुरीले जानकारी दिए । भेला राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको हो । सिंहले युवाहरुको सक्रियताबाट पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए । मुलुकका कर्णधार युवाहरुले देशको राष्ट्रियतामा एकढुक्का भएर अघि बढ्नु पर्ने बताए ।
भेलाका अबसरमा ८० जना युवाहरुले राप्रपा मकवानपुरलाई रोजेका छन् । उनीहरुलाई नेता सिंहले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे । देशभक्त र विकास प्रेमी युवाहरुमा राप्रपा पार्टी लोकप्रिय बन्दै गइरहेको सिंहको भनाई छ । पार्टी जिल्ला उपाध्यक्ष शंकर सिंह ठकुरीले सञ्चालन गरेको कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष सागर थापा, क्षेत्रीय सदस्य राममणि पराजुली, पुष्कर अर्याललगायतको आतिथ्यता थियो ।







