छानबिन समितिले जनार्दनसँग लियो ३ घण्टासम्म बयान

अखबार हब
२०७९ श्रावण ५, बिहीबार १५:३३

काठमाडौं । संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए ।

बयानपछि उनी पत्रकारहरुले सोधेका प्रश्नको जवाफ नदिई बाहिरिएका छन् । संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरुले भन्नुहुन्छ ।’

आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने आरोपबारे ११ सदस्यीय संसदीय समितिले छानविन गर्दै आएको छ ।

सोही क्रममा बयान लिन आज बिहानको बैठकमा निवर्तमान मन्त्री शर्मालाई बोलाइएको थियो । समितिले शर्मासँग झण्डै ३ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेको थियो ।

करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*