नेकपा एसको सचिवालय बैठक : बागमती छाड्नुपरे सुदूरपश्चिममा दाबी

अखबार हब
२०७९ असार २०, सोमबार १०:४४

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा बैठक बसिरहेको हो ।

बागमती प्रदेश सरकार, समसामयिक राजनीतिक परिवेश, पार्टीका आगामी योजना बैठकका मुख्य एजेण्डा छन् ।

सहमति अनुसार बागमतीमा मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने नेकपा एसलाई चर्को दबाब छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ताघटककै कांग्रेस र माओवादीले हस्ताक्षर संकलन गरिसकेका छन् ।

बैठकमा बागमती छाड्दा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको सो पार्टीको दाबी छ ।

बागमती प्रदेशका बारेमा आवश्यक छलफल हुन्छ । यदि छाड्नैपर्ने हो भने सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा हाम्रो स्वतः दाबी रहन्छ ’, एक नेताले भने, ‘त्यो बाहेक अन्य विकल्प पनि सोच्न सकिन्छ । मुख्य कुरा गठबन्धनलाई कसिलो बनाउँदै लैजाने भन्ने कुरा नै हो ।’

यसमा तपाइको मत

Your email address will not be published.


*