मुख्यमन्त्री पाण्डेसँग महेश बस्नेतको भेट, सत्ता गठबन्धनमा तरंग

अखबार हब
२०७९ असार १९, आईतवार १३:३५

काठमाडौँ । बागमतीमा एकीकृत समाजवादीलाई सहयोग गर्न एमाले तयार रहेको बताइरहेका बेला मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले नेता महेश बस्नेतबीच छलफल भएको छ । गत बिहीबार दिउँसो बानेश्वरको एभरेष्ट होटलमा पाण्डे र बस्नेतबीच छलफल भएको हो ।

उक्त छलफल वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकी नेतृ शोभा पाठकको पहलमा भएको स्रोतको दाबी छ । छलफलको सुरुमा केही समय पाठक पनि सहभागी भएकी थिइन् ।

नेकपा एकीकृत समाजावादी बागमती प्रदेश संसदीय दलको बैठकले गठबन्धनले केन्द्रको निर्णय मात्र मान्ने भए पनि अहिले प्रदेश तहमा भइरहेको चलखेललाई नमान्ने र बागमती प्रदेश सरकारको नेतृत्व नछोड्ने प्रस्ट सन्देश दिइसकेको छ ।

बिहीबारदेखि कांग्रेस र माओवादीका सांसदहरूले पाण्डेले पुरानो सहमति अनुसार कांग्रेसका इन्द्र बानियाँलाई पद हस्तान्तरण नगरेको भन्दै हस्ताक्षर अभियान चलाएका थिए । उक्त अभियानको प्रतिक्रियामा एमालेले एकीकृत समाजवादीलाई साथ दिने चर्चा हेटौँडामा भइरहेको थियो ।

भेट भएकै भोलिपल्ट शनिबार एकीकृत समाजावदीको संसदीय दलको बैठकमा पाण्डेले केन्द्रीय निर्णय नआएसम्म मुख्यमन्त्री नछोड्ने निर्णय भएको थियो । गठबन्धनमा नयाँ ट्वीस्ट आएपछि शुक्रबार पाण्डे र बस्नेतको भेटले तरङ्ग आएको छ । भेटका लागि बस्नेतलाई अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिका रूपमा पाण्डेसँग भेटघाट गरेका हुन् । भेटका लागि मंगलबारबाटै तयारी भइरहेको थियो । साभार ः शिलापत्र

यसमा तपाइको मत

Your email address will not be published.


*