बहुमत नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको नगर सभा स्थगित
मकवानपुर । बुहुमत नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ ।
हेटौँडा उपमहानगरपालिकाको ११ औँ नगरसभा आगामी आईतवार दिउसो १ बजे सम्मको लागी स्थगीत भएको हो । नेकपा एमालेबाट निर्वाचीत कार्यपालिका सदस्यहरुले उपस्थित नजनाएपछि नगरसभा स्थगित गरीएको हो ।
९७ जना नगरसभा सदस्य रहेको सभामा ४० जनाले मात्र हस्ताक्षर गरेको मेयर लामाले जानकारी दिईन् । दिउसो २ बजेसम्म एमालेसँगको वार्ता निचोडमा नपुगेपछि मेयर लामाले नगरसभा स्थगित गरेकी हुन् ।







