समाज/राजनीति
गण्डकी सरकारको नीति तथा कार्यक्रमः सबैलाई आस देखाउने, बजेट नदिने
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यो सरकारको अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले अधिकांश कार्यक्रम वितरणमा केन्द्रित गरेको छ । किसानलाई पुरस्कृत गर्नेदेखि आविष्कारका क्षेत्रमा काम गर्नेलाई प्रोत्साहनसम्म सरकारका नीतिमा समेटिएका...
नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरकमिटिले गर्यो तीन नेतालाई कारबाही
मकवानपुर । नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका समितिले तीन जना नगर सचिलाय सदस्यलाई कारबाही गरेको छ । यही जेठ २० र २१ गते बसेको बैठकले पार्टीको बिधान बिपरित दोस्रो स्थानीय तह निर्वाचनमा गतिबिधि गरेको भन्दै नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरकमिटि सचिवालय सदस्य तथा हेटौंडा वडा नम्बर १७ वडा समितिका...
तत्काल मन्त्री परिवर्तन नगर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं । सत्ता गठबन्धनको शीष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल...
हेरफेरको निर्णयपछि नेकपा एसका मन्त्रीहरू पार्टी कार्यालय पुगे
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । सरकारमा सहभागी पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पाँच जनालाई सरकारमा पठाउन लागेको हो । समाजवादीले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई पठाएको छ । यससँगै सरकारमा सहभागी मन्त्रीहरू पार्टी कार्यालय पुगेका छन् । पर्यटनमन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध...
स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमानदार नभएको नेकपा एसको निष्कर्ष
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमानदार नभएको निष्कर्ष निकालेको छ । शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमानदार नदेखिएको नेकपा एसको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ ।...
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौं : कमल थापा
मोरङ । राप्रपा नेपालका अध्यक्ष कमल थापा विराटनगरमा आयोजित छुट्टाछुट्टै अन्तरक्रिया र कार्यकर्ता भेलामा सहभागी भएका छन् । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन...
प्रचण्ड भेट्न खुमलटारमा पुगे बालेन शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् । खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । यसअघि बालेनले नेकपा एमाले अध्यक्ष...
अंग्रेजी शब्द फड्कार्न नसक्दा सभामुख बने ट्रोलको सिकार
काठमाडौं । नेपालका नेताहरूलाई अंग्रेजी भाषाले दुख दिनु नयाँ प्रसङ्ग होइन । धेरै नेताहरू अंग्रेजी राम्ररी बोल्न नजाँदा ट्रोलको सिकार बनेका छन् । सबैभन्दा पछिल्लो ‘पीडित’ हुन् सभामुख अग्नि सापकोटा । हिजोको संसद् बैठकमा सभामुख सापकोटाले एउटा अंग्रेजी शब्द फड्कार्न निकै संघर्ष गरे । बजेटसम्बन्धी छलफल गर्न डाकिएको बैठकको...
पक्राउ परेका नेताकार्यकर्ता छाड्न राप्रपाको माग
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनियोजित रूपमा फसाइ नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो...
मूल्यवृद्धिको कारक पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न कर : मिनेन्द्र रिजाल
काठमाडौं । कांग्रेस सांसद मिनेन्द्र रिजालले पेट्रोलिम पदार्थ आयातमा लगाइएका विभिन्न शिर्षकका कर नै मूल्यवृद्धिको कारक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विभिन्न समयमा पेट्रोलियम पदार्थ आयातमा लगाइएको कर नै मूल्यवृद्धिको कारक रहेको बताएका हुन् ।...










