समाज/राजनीति

पक्राउ परेका नेताकार्यकर्ता छाड्न राप्रपाको माग

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनियोजित रूपमा फसाइ नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो...

मूल्यवृद्धिको कारक पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न कर : मिनेन्द्र रिजाल

काठमाडौं । कांग्रेस सांसद मिनेन्द्र रिजालले पेट्रोलिम पदार्थ आयातमा लगाइएका विभिन्न शिर्षकका कर नै मूल्यवृद्धिको कारक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विभिन्न समयमा पेट्रोलियम पदार्थ आयातमा लगाइएको कर नै मूल्यवृद्धिको कारक रहेको बताएका हुन् ।...

पेट्रोलियम ऐन र इन्धनमुक्त देश बनाउन आजैबाट पहल गरौँ : गगन थापा

काठमाडौं। कांग्रेस महामन्त्री गगन थापाले पेट्रोलिय ऐन बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संसद चलिरहेका बेला अहिले पेट्रोलियम ऐन ल्याउन आग्रह गरेका हुन् । पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार, प्रदूषण, भन्सार, सडक मर्मतजस्ता कर घटाएर भए...

मूल्यवृद्धिमा सरकार रमिते बन्यो : गोकुल बाँस्कोटा

काठमाडौं । एमाले सांसद गोकुल बाँस्कोटाले पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सरकार व्यवस्थापक, निमयनकारी बन्न नसकेर रमिते बनेको आरोप लगाएका हुन् । सरकार व्यवस्थापक पनि होइन, नियमनकाकर्ता...

ललितपुरमा ४४१ जना उम्मेद्‌वारको जमानत जफत

ललितपुर । ललितपुरमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूसहित ४४१ जनाको जमानत जफत भएको छ । स्थानीय तह निर्वाचनमा खसेको मतको १० प्रतिशत मत नपाउने ललितपुरमा ४४१ जना उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमलाका अनुसार एक हजार ४१५ जनाको उम्मेदवारी परेकोमा ९६९ जना...

बागमती प्रदेशसभाको बैठक पुनः सुरु

मकवानपुर । बागमती प्रदेशसभाको आज बिहान स्थगित भएको बैठक पुनः सुरु भएको छ । नेकपा (एमाले)को अवरोधपछि रोकिएको प्रदेशसभा बैठक पुनः सुरु भएको हो । एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्न सहमति जुटेपछि बैठक सुरु भएको हो...

अर्थमन्त्रीलाई गगनको प्रश्न – कुन तथ्यांकमा आधारित रहेर बजेटको आकार बढाउनुभयो ?

काठमाडौं । कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले आगामी आर्थिक वर्षको बजेट निर्माणसहितका विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग प्रश्न गरेका छन् । गत आइतबार अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए । गत मंगलबारबाट संघीय संसदको दुवै सदनमा आर्थिक...

उपमेयरमा जसले हराए कार्यपालिकामा उसैले जिताए

मुगु । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट छायाँनाथ रारा नगरपालिकाको उपमेयरमा पराजित भएका बलराम साहनी नगर कार्यपालिकाको सदस्यमा गठबन्धनबाटै निर्वाचित भएका छन् । हालै सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा साहनी अल्पसंख्याक तथा दलित समुहबाट कार्यपालिका सदस्यामा निर्वाचित भएका हुन् । नेकपा माओवादी र नेकपा...

ठाउँ विवादका कारण जितपुर सिमराको शपथ ग्रहण स्थगित

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जना सदस्यको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । शपथ ग्रहण गर्ने स्थानको विषयमा कार्यपालिका सदस्य र उपमहानगर प्रमुखबीच असहमति नभएपछि स्थगित भएको हो । उपमहानगर प्रमुख राजन पौडेलले कार्यपालिका सदस्यलाई आफ्नै कार्यकक्षमा शपथ ग्रहण गराउने तयारी गरेका थिए...

कमल थापाद्वारा वैकल्पिक मार्गचित्र प्रस्तुत

मकवानपुर । राट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताका माझमा राप्रपा नेपाल ‘वर्तमानका चुनौती र विकल्प’ विषयक मार्गचित्र प्रस्तुत गर्नुभएको छ । हेटौँडामा राप्रपा नेपाल मकवानपुरले आज आयोजना गरेको बृहत् अन्तक्र्रियामा उहाँले देशका लागि वैकल्पिक मार्गचित्र प्रस्तुत गर्नुभएको हो । उहाँले भन्नुभयो, “अहिले देश नीतिगत, संरचनागत, आर्थिक दिशा...