समाज/राजनीति

बागमती प्रदेशसभा बैठक : नीति तथा कार्यक्रममाथि छलफल

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल भएको छ । बैठकमा प्रदेशसभाका २० जना सदस्यले नीति तथा कार्यक्रममाथि आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । बैठकमा सत्तारुढ गठबन्धनका सात, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का आठ, विवेकशील साझा पार्टीका दुई,...

कांग्रेसलाई प्रचण्डको चेतावनी– एमालेलाई जस्तै ठेगान लगाउने दिन नआओस्

काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् । उनले एमालेले अहंकार बढाउँदा आफूहरुले ठेगान लगाइदिएको भन्दै कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने बताए । आफूले गठबन्धन कायम राखेरै जान चाहेको तर कांग्रेसमा पनि एमालेमा जस्तै अहंकारको संकेत देखिएको...

हेटौंडाको नगर कार्यपालिकामा एमालेको बहुमत,सदस्यमा एमालेका आठै जना निर्वाचित

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना एमालेका उम्मेदवार निर्वाचित भएका छन् । पाँच दलीय गठवन्धन र एमालेबिच भएको निर्वाचमा एमालेबाट ८ जना निर्वाचित भएसँगै कार्यपालिकामा एमालेको पूर्ण बहुमत देखिएको हो । आज भएको निर्वाचनमा पाँच दलीय गठवन्धनलाई पराजित गर्दै नेकपा एमालेको तर्फबाट विरबहादुर विश्वकर्मा, शंकर राई, अर्जुनबहादुर...

गठबन्धन टुटे देश अझै पनि दुर्घटनामा जान सक्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको सत्ता गठबन्धन टुटेमा अझै पनि देश दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै प्रचण्डले भरतपुरमा आफूले जनतालाई सतर्क गराएको कुरालाई धम्कीको रुपमा प्रचार गरिएकोमा आपत्ति जनाए । संसद बैठकमा प्रचण्डले भने–मैले...

सांसद महतले सभामुखलाई ताला चाबी बुझाएपछि…

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाउनुभएको छ । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उहाँले बताउनुभयो । तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले...

काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु : नवनिर्वाचित मेयर साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएका छन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताए। “आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ...

गरुडाको मेयरमा एमाले ३८ मतको झिनो अन्तरले विजयी

रौतहट । रौतहटको गरुडा नगरपालिकामा कडा प्रतिस्पर्धाका बीच एमालेका मेयरको उम्मेदवारको विजय भएका छन् । गरुडा नगरपालिकामा एमालेका उम्मेदवार कन्थमनी प्रसाद कलवार मात्र ३८ मतको झिनो अन्तरले निर्वाचित भएका छन् । उनले कुल ४ हजार ५६३ मत प्राप्त गरेर मेयर पदमा विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा...

नीति कार्यक्रम चास्नीमा नडुवाएको जेरी जस्तो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम तेलमा तारेको, चास्नीमा नडुबाएको जेरी जस्तो भएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग दिँदै उनले भने, ‘तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति...

स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन सकेन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाए । अध्यक्ष ओलीले १४ दिनसम्म पनि परिणाम आउन नसकेको बताए...

बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन गर्न प्रधानमन्त्री देउवा सकारात्मक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन गर्न सकारात्मक देखिएका छन् । नेपाली कांग्रेसमा महिला नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा एब वर्षे हदम्याद राखिएकाले कतिपय अवस्थामा अप्ठ्यारो परेको आफूलाई महसुस भएको बताएका हुन् । देउवालाई भेट्न नेता डिना उपाध्यायको नेतृत्वमा कांग्रेसका महिला नेताहरु प्रधानमन्त्री निवास वालुवाटार...