काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु : नवनिर्वाचित मेयर साह

अखबार हब
२०७९ जेष्ठ १३, शुक्रबार २०:२८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएका छन् ।

राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताए। “आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु”, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*