एक हप्ताभित्र पाठ्यपुस्तक उपलब्ध गराउन अनेरास्ववियु मकवानपुरको माग

अखबार हब
२०७९ असार १६, बिहीबार १५:१५

मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जिल्लामा रहेका सर्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एक हप्ताभित्र पाठ्यपुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेको छ ।

आज अनेरास्ववियु मकवानपुरले जिल्ला प्रसाशन कार्यलयका प्रमुख भरतमणि पाण्डे मार्फत सरकारलाई एक हप्ताभित्र सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पाठ्यपुस्तक उपलब्ध गराउन ध्यानाकर्षण गरेको हो ।

त्यस्तै सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने विषयको पूर्णरुपमा कार्यनयनका लागि समेत ध्यानाकर्षण गराएको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले बताए ।

सार्वजनिक बिदाको दिनमा सरकारी नम्बर प्लेटका सवारी साधनहरु निर्वादरुपमा आवतजावत गर्ने गरेको पाइएकोले यसको नियन्त्रण र अनुगमणका लागि समेत माग गरेको छ । यसको नियन्त्रण राज्य संयन्त्रले गर्न नसके अनेरास्ववियु आफै नियन्त्रणमा लाग्ने पत्रमा भनिएको छ । साथै शैक्षिक संस्था वरिपरी धुम्रपान जन्य, मदिरा जन्य, सुर्ती जन्य पदार्थको विक्री वितरणमा रोक लगाई अनुगमण गर्न प्रसाशनको ध्यानाकर्षण गरेको पौडेलले बताए ।

आजै अनेरास्ववियु मकवानपुले एक साता अघि सर्वजनिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा बापत दिइदै आएको १५ रुपैयाँ लाई वृद्धि गरि २५ रुपौयाँ पुर्याउन गरेको माग हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा समावेश नगरेपछि प्रमुख मिनाकुमारी लामालाई पुनः स्मरण पत्र मार्फत स्मरण गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*