चाँडै कांग्रेस नेतृत्वमा सरकार बन्छ : बानियाँ

अखबार हब
२०७९ असार १६, बिहीबार २०:१६

मकवानपुर। नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा प्रदेशसभामा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा केही दिनमै सरकार परिर्वतन हुने दाबी गरेका छन् । सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी बानियाँले गरेका हुन् ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन भएको विषयमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै बानियाँले बहुमत प्रदेशसभा सदस्यको दस्तखत लिएर प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी गर्न जान सहमतिमै यो प्रक्रिया अघि बढाइएको दाबी गरे ।

बानियाँले भने, ‘यो हस्ताक्षर सहमतिकै आधारमा भएको हो । मुख्यमन्त्रीको पनि सहमति लिएरै यो प्रक्रिया थालिएको हो । सहज प्रक्रियाबाटै चाँडै बामगती प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्छ ।’

बिहीबार मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीका सांसदको हस्ताक्षर संकलन गरिएको थियो । सहमतिअनुसार राजेन्द्र पाण्डेले राजीनामा नदिएपछि हस्ताक्षर थालिएको भनिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*