मनलाग्दी गरेको शुल्क वृद्धि तत्काल फिर्ता गर्न अनेरास्ववियुको माग
मकवानपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुले निजि विद्यालयले गरेको शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ ।
आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि अनेरास्ववियुले १२ बुँदे माग राख्दै माग पुरा नभए आन्दोलनको चेतावनी दिएको हो । निजि शैक्षिक संस्थाहरुले अभिभावकको ढाड सेक्ने गरि गरिएको शुल्क वृद्धि तत्काल फिर्ता गरि शैक्षिक संस्थाको वैज्ञानिक वर्गिकरण गरि सोहि अनुरुप शुल्क निर्धारणमा एक रुपता ल्याउनसमेत माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जिल्लाका सामुदायिक विद्यालयमा दिवा खाजा वापत दिइदै आएको १५ रुपौयाँलाई २५ रुपौयाँ कायम गरियोस भनि हेटौंडा उपमाहानगरपलिकालाई गरिएको ध्यानाकर्षण व्यावस्था गरि निति तथा कार्यक्रम आए पश्चात पुनः स्मरण पत्र मार्फत स्मरण गराइएको बताए । १० दिन भित्र मागको सुनुवाई भनए विद्यार्थीले नगरपालिका घेर्नेसमेत चेतावनी दिएका छन् ।

सरकारी विद्यालयमा भएको पाठ्यपुस्तक अभाव तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्याकर्षण गराइएको अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेलले बताए ।
त्यस्तै सामुदायिक विद्यालयले अंग्रेजी माध्यम लगायतको बाहानामा विभिन्न शिर्षकमा असुल गरिरहेको शुल्क खारेज गर्न माग गरेको छ ।
निजि शैक्षिक संस्थाले वर्षै पिछे गर्ने पाठ्यपुस्तक परिवर्तन र ड्रेस खरिदमा कायम गरेको एकाधिकार खारेज गर्नु पर्ने, छात्रवास र नगरवसको व्यवस्था गर्नु पर्ने, विद्यार्थीलाई अनावश्यक किताबको भारी बोकाउन बन्द गरिनु पर्ने, सार्वजनिक सवारिसाधनमा विद्यार्थीहरुलाई दिइने ४५ प्रतिशत छुटको पूर्ण कार्यन्वयन गरिनु पर्ने, विद्यार्थीको चाप हुने समयमा हेभि गाडी आवजजावतमा पुर्ण रुपमा निषेश गरिनुका साथै हर्न निषेधित क्षेत्र घोषणा गरिनुपर्ने माग राखेको छ ।
प्रेस विज्ञप्ति








