समाज/राजनीति

दिपक सिंहले गरे मनोनयन दर्ता

मकवानपुर । राप्रपाको तर्फबाट आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि प्रतिनिधि सभातर्फ मकवानपुरको क्षेत्र न १ बाट दिपकबहादुर सिंहले मनोनय दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय मकवानपुर १ मा पुगेर सिंहले आफ्नो मनोनयन दर्ता गराएका हुन् । गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित सिंहले...

एमाले कार्यकर्ताले लगाए जिल्ला पार्टी कार्यालय मकवानपुरमा ताला

मकवानपुर । नेकपा एमाले जिल्ला कार्यालय मकवानपुरमा ताला बन्दी गरिएको छ । नेकपा एमालेले मकवानपुरको क्षेत्र नंबर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । एमालेका केहि कार्यकर्ताहरु पार्टी कार्यालय पुगेर तालाबन्दी गरेका हुन् । दुई दिन अघि मात्र...

रवीन्द्र मिश्र काठमाडौं – १ बाटै चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले यसपटक पनि काठमाडौं क्षेत्रनम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन् । मिश्रले शुक्रबार औपचारिक रुपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय गरेका छन् । दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम...

एमालेको चियापानमा कमल थापा

मकवानपुर । नेकपा एमालेसंग चुनावी तालमेल गरेर निर्वाचन लड्ने तयारी गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा एमाले मकवानपुरले आयोजना गरेको एक कार्यक्रममा सहभागी बनेका छन् । बिहीबार हेटौंडा–५ पुष्पलाल स्थित एमाले पार्टी कार्यालयमा भएको विजया दशमी, दीपावली तथा छठ पर्व शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा थापा सहभागी बनेका हुन्...

राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुरमा लगायो उम्मेदवारको टुङ्गो

मकवानपुर । मकवानपुरको दुई वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले मकवानपुरको दुवै क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको हो । मकवानपर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा युवा व्यवसायी टाकाराज थापा(सुरेश) र क्षेत्र नम्बर २ मा काँग्रेस मकवानपुरका पुराना नेता हाल स्वतन्त्र...

आधा दर्जन जिल्ला सदस्यसहित पुरानो घर फर्किन् मनिला

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकी निर्वाचित पूर्व उपाध्यक्ष तथा एकीकृत समाजवादीकी जिल्ला सचिवालय सदस्य मनिला विष्ट नेकपा एमाले मै फर्किएकी छिन् । सोमबार मनहरीमा आयोजित कार्यक्रममा मनिलासहित पार्टी जिल्ला सदस्य र गाउँपालिका कमिटीका सदस्यहरू, अनेरास्ववियु र अनेमसंघका नेता कार्यकर्तासहित २ दर्जन नेकपा एमालेमा प्रवेश गरेका हुन् । प्रवेश कार्यक्रममा...

बागमतीका सभामुख र उपसभामुखले नै फिर्ता गरेनन् सेवासुविधा

मकवानपुर । असोज १ गते निर्वाचन आयोगमा समानुपातिकको बन्द सूची बुझाएसँगै कार्यकाल अन्त्य भएपनि बागमती प्रदेशका सभामुख, उपसभामुख र समिति सभापतिहरुले सेवासुविधा फिर्ता गरेका छैनन् । उनीहरुले सेवासुविधाको रुपमा लिएको गाडि, मोवाइल, ल्यापटप, सरकारी निवास, स्वकीय फिर्ता नगरेका हुन् । १ साउनमा प्रदेशसभा सचिवालयमा बिदाइ कार्यक्रम गरिसक्दा पनि उनीहरुले...

मकवानपुर बहुमुखी क्याम्पस देशकै योग्य नेतृत्व जन्माउने पवित्र थलो : बर्तौला

मकवानपुर । नेकपा एमाले, बागमती प्रदेश कमिटिका उपसचिव महेष बर्तौलाले मकवानपुर बहुमुखी क्याम्पस देशकै लागि नेतृत्व उत्पादन गर्ने पवित्र थलो भएको बताउनुभएको छ । अनेरास्ववियु, क्याम्पस कमिटी, मकवानपुर बहुमुखी क्याम्पसद्वारा बिजयादशमी तथा शुभदिपावलिको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा बृहत् विद्यार्थी भेलामा बोल्दै मकवानपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा...

राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको कार्यालय उद्घाटन

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश कार्यालय स्थापना गरिएको छ । आज हेटौंडा १० स्थीत पार्टीले आफ्नो बागमती प्रदेश स्तरिय कार्यालयको उद्घाटन गरेको हो । प्रदेश कार्यालयको उद्घाटन पार्टीका केन्द्रीय सदस्य सविना वि.कको प्रमुख आतिथ्यतामा भएको हो । पुर्व सञ्चार कर्मि रवि लामिछानेले नेतृत्व गरेको उक्त पार्टी देशका...

एमाले मकवानपुरको ७५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

मकवानपुर । नेकपा एमाले मकवानपुरले निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । नेकपा एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटीका सदस्य अनन्त पौडेल कमिटीका संयोजक तोकिएका हुन् । ७५१ सदस्य कमिटीको सह संयोजक जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र सचीवमा जिल्ला सचीव नवीन सिग्देल रहेका छन् । कमिटीका सदस्यहरुमा नेकपा एमालेका जिल्लाबाट...