समाज/राजनीति

कमल थापालाई स्वीकार्न मकवानपुरका एमाले मतदाताको छटपटी

मकवनपुर। हेटौंडा–१७ राजदेवीका विष्णु ढुंगाना अहिले दोधारमा छन् । आफ्नो पार्टी एमालेले गरेको निर्णय मान्ने कि विद्रोह गर्ने भनेर ? बहुदल प्राप्तिका लागि २०४६ मा भएको आन्दोलनमा फागुन ७ मा हेटौंडामा गोली लागेर घाइते भएका उनी एमालेका संगठित सदस्य हुन् । पार्टीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मंसिर ४...

निशानामा काँग्रेस प्रदेश सभापति बानिया

मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि विभिन्न दलका नेता र स्वतन्त्रहरुले गत आइतवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा निर्वाचनलाई यति बेला केन्द्रीय राजनीतिमा समेत निक्कै चासोको रुपमा हेरिएको छ । मकवानपुरमा २ प्रतिनिधि सभा...

एमालेमा के हुन लाग्यो : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीका मान्छेलाई टिकट नदिएर कमल थापालाई टिकट दिएर अनैतिकताको नमूना देखाएको टिप्पणी गरेका छन् । उनले सामाजिक संजालमा सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्ययपूर्ण किसिमले आफूलाई टिकट नदिएको तर अन्य व्यक्तिलाई टिकट दिएको गुनासो गर्दै एमालेमा के हुन...

जसपाका मन्त्री हटाउने तयारीमा देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । तर, निर्वाचन आचारसंहिता लागू भइसकेकाले देउवा निर्वाचन आयोग र आफूनिकटका कानुन व्यवसायीसँग परामर्शमा छन् । जसपाले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेर उम्मेदवारी दिएसँगै उसका मन्त्रीहरूलाई हटाउन लागेको प्रधानमन्त्रीनिकट...

‘एमालेको पक्षमा जनमत बनाउने काममा लागौं’ – पौडेल

बारा । नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोतम पौडेलले पार्टीको निणर्य मान्न आम नेता तथा कार्यकताहरुलाई आग्रह गरेका छन् । पौडेल मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बारा प्रतिनिधि सभा क्षेत्र नम्बर १ को उम्मेदवारका आकांक्षी थिए । तर पार्टीले उनको स्थानमा अर्का आकांक्षी अचुत मैनालीलाई टिकट दिएसँगै नेता...

युवा नेता बर्तौलाले गरे उम्मेदवारी दर्ता

मकवानपुर । नेपाक एमाले बागमती प्रदेश उप–सचिव तथा युवा नेता महेशकुमार बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर–४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बर्तौलाले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । आइतवार( आज) निर्वाचन अधिकृतको कार्यालय पुगेर बर्तौलाले उम्मेदवारी दर्ता गराएका हुन् ।...

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुरमा पराजुली र थापाले गरे मनोनयन दर्ता

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुरमा भरत पराजुली र टाकाराज थापा( सुरेश) ले मनोनयन दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि पराजुलीले मकवानपुर २ र थापाले मकवानपुर १ बाट मनोनयन दर्ता गराएका हुन् । अब स्वतन्त्र पार्टीका पराजुलीसँग नेकपा एमालेका महेशकुमार बर्तौला र गठबन्धनबाट...

एमालेबाट मकवानपुर–१ मा कमल थापाको उम्मेदवारी

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापाले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमालेबाट मकवानपुर–१ मा उम्मेदवारी दर्ता गराएका हुन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन् । थापाको चुनाव चिन्ह एमालेको सूर्य हुने बताएको...

मकवानपुर १(ख) बाट पराजुलीले गरे उम्मेदवारी दर्ता

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजुली नेपाली कांग्रेसकोतर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ (ख) बाट उम्मेदवी दर्ता गराएका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजुली हेटौंडा उपमहानगरपालिको मेयर पदमा एमालेका उम्मेदवार हरीबहादुर महतसँग पराजित भएका...

ओलीले गराए झापा ५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गराउन ओली आफैं उपस्थित भएका छन्। ०७४ सालको निर्वाचनमा पनि ओली सोही क्षेत्रबाट निर्वाचित भएका थिए।