मकवानपुर १(ख) बाट पराजुलीले गरे उम्मेदवारी दर्ता
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजुली नेपाली कांग्रेसकोतर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ (ख) बाट उम्मेदवी दर्ता गराएका हुन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजुली हेटौंडा उपमहानगरपालिको मेयर पदमा एमालेका उम्मेदवार हरीबहादुर महतसँग पराजित भएका थिए ।







