समाज/राजनीति

भ्रमको पछि नलाग्न मतदातालाई पराजुलीको आग्रह

मकवानपुर । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका भरत पराजुलीले भ्रमको पछि नलाग्न मतदातालाई आग्रह गरेका छन् । पुराना पार्टीबाट उम्मेदवार बनेका भन्नेहरुले आफु र राष्ट्रिय स्वतन्त्र पार्टीको नाम जोडेर विभिन्न खाले भ्रम सिर्जना गर्दै हिडेको बताउँदै यस्ता भ्रमको पछि...

माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्र

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगले पत्र काटेको छ । रौतहट १ का तिनिधिसभा सदस्य उम्मेदवार माधवकुमार नेपाललाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । रौतहटमा आयोजित कार्यक्रममा नेपालले आफूले निर्वाचन जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको...

सुकुम्बासी समस्याको समाधान मेरो मुख्य प्राथमिकता : बर्तौला

मकवानपुर । नेकपा एमालेका मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौलाले सुकुम्बासी समस्याको समाधान आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । विहिवार निर्वाचन अक्षित नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, वडा कमिटीले सिमल्टारमा राखेको भेटघाट कार्यक्रममा बोल्दै बर्तौलाले मकवानपुरमा बसोबास गर्ने सुकुम्बासी जनताहरुलाई जग्गा...

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश ‘घण्टी’ बजाउँदै चुनावी अभियानमा

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका टाका राज थापा(सुरेश)ले आफ्नो चुनवी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको तर्फबाट मकवानपुर क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारी दिएका टाकाराज थापा (सुरेश) सहितको टोलीले चुनाव चिन्ह घण्टी बजाउँदै आफ्नो...

एमाले बागमती प्रदेश कमिटीको चुनावी परिचालन कमिटीहरु गठन

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटीले प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्रको चुनावी परिचालन व्यवस्थित र प्रभावकारी बनाउन दुई बेग्लाबेग्लै निर्वाचन परिचालन कमिटीहरु गठन गरेको छ । सो पार्टीको बागमती प्रदेश निर्वाचन समन्वय समितिको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई विजयी गराउने...

मकवानपुर–२ मा एमाले र पूर्वएमाले बिच प्रतिस्पर्धा

मकवानपुर । मंसिर – ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला र पूर्व एमाले विरोध खतिवडा बित चुनावी प्रतिस्पर्धा हुने भएको छ । मकवानपुर–२ मा ०४८ यता चार पटक निर्वाचन लडेर सबैमा जित हासिल गरेका पूर्वमन्त्री विरोध खतिवडा र युवा नेता...

माधव नेपालको आरोप– एमालेको गठबन्धन अपवित्र र अप्राकृतिक

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन्। सत्तारूढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले एमालेको विपक्ष गठबन्धन अप्राकृतिक र अपवित्र भएको जिकिर गरे। गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तागठबन्धन भने पवित्र भएको उनको दाबी छ। संविधान कुल्चिने र...

विकासको मुल फुटाउन एमालेको जित आवश्यक : श्रेष्ठ

मकवानपुर। नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा क्षेत्र नम्बर–१ को (ख) का उम्मेदवार एकालाल श्रेष्ठले मकवानपुरमा विकासको मुल फुटाउन एमालेको जित आवश्यक रहेको बताएका छन् । हेटौंडा वडा नम्बर–७ र ८ कमिटीको आयोजनामा भएको प्रचार प्रसार कार्यालय उद्घाटन् तथा बिस्तारित बैठकलाई संबोधन गर्दै उनले जिल्लामा हरेक क्षेत्रको विकासका काम गर्नका...

ओलीले भने ‘लाइभ डिबेट’ मा आउन म तयार छु, देउवाजी नि ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ मा आउन आफू तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले चुनावी एजेन्डालगायत विषयमा ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेकोमा आफू त्यसका लागि तयार रहेको पनि ओलीले उल्लेख गरेका छन्। धेरै प्रयोगकर्ताले ओली र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका...

आफ्नै निर्वाचन क्षेत्रमा चुनाव लड्न खतिवडा र मोक्तानलाई बर्तौलाको चुनौती

मकवानपुर । मंसिर–४ गते हुने निर्वाचनमा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले गठबन्धनका उम्मेदवारलाई आफ्नै क्षेत्रबाट निर्वाचन लड्न चुनौती दिएका छन् । आज मकवानपुरको थाहानगरपालिका वडा नम्बर ११ र १२ मा एमाले वडा कमिटिले आयोजना गरेको भेटघाट कार्याक्रममा बोल्दै बर्तौलाले गठबन्धनबाट...