राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश ‘घण्टी’ बजाउँदै चुनावी अभियानमा
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका टाका राज थापा(सुरेश)ले आफ्नो चुनवी प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।
रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको तर्फबाट मकवानपुर क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारी दिएका टाकाराज थापा (सुरेश) सहितको टोलीले चुनाव चिन्ह घण्टी बजाउँदै आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका हुन् ।
टोलीले मकवानपुर–१ को विभिन्न टोलमा पुगेर आफ्नो उम्मेदवारबारे चर्चा गरेका छन् । नयाँ विचार र सोच सहित अघि बढेको पार्टी भएको कारण मतदाताहरुबाट राम्रो प्रतिक्रिया पाएको थापाले बताए ।
पुराना पार्टीबाट देश विकास संभव नभएको आम नागरिकको बुझाई भएको कारण यो पटक परिवर्तनको लागि स्वतन्त्र पार्टीलाई मतदान गर्न मतदाताहरु इच्छुक रहेको पाईएको उनको भनाई रहेको छ । आफु ब्यवसाय क्षेत्रबाट केहि गर्ने सोचको साथमा स्वतन्त्र पार्टीमा आवद्ध भएको भन्दै उनले आफुहरुले जिते देशले मुहार फेर्ने दाबी गरे ।
पार्टी अध्यक्ष रवि लामिछानेले देशको लागि राम्रो काम गरेकै कारण लाखौ नागरिकले पार्टी खोलेर देशमा विकासको विगुल फुक्न गरेको आग्रहलाई स्विकार्दै पार्टी स्थापना गरेको भन्दै उनले एक पटक विश्वास गरि मतदान गर्न आम मकवानपुर–१ का नागरिकलाई अनुरोध समेत गरेका छन् । थापाको टोलीमा समानुपातिक उम्मेद्वार विन्दावासीनी कंशाकारको पनि सहभागिता रहेको छ ।

आफु विजयी भएको अवस्थामा आफुले मकवानपुर १ को लागि तत्कालै आवश्यक भएका विकासको गतिविधिहरु सुरु गरिहाल्ने भन्दै प्रदेशको राजधानी समेत रहेको मकवानपुरलाई राजधानीकै हौसियतमा सबै क्षेत्रको विकास तथा शुसासनयुक्त जिल्ला निर्माण प्राथमिकतामा रहेको बताए ।







