सुकुम्बासी समस्याको समाधान मेरो मुख्य प्राथमिकता : बर्तौला

अखबार हब
२०७९ कार्तिक ३, बिहीबार ११:०७

मकवानपुर । नेकपा एमालेका मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौलाले सुकुम्बासी समस्याको समाधान आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् ।

विहिवार निर्वाचन अक्षित नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, वडा कमिटीले सिमल्टारमा राखेको भेटघाट कार्यक्रममा बोल्दै बर्तौलाले मकवानपुरमा बसोबास गर्ने सुकुम्बासी जनताहरुलाई जग्गा मालिक बनाई सुकुम्बासी समस्याको समाधान गर्ने मुख्य प्राथमिकता रहेको बताएका हुन् ।

सिमल्टारबासीको अघिल्तिर राप्ती नदी बग्ने भए पनि पिउने पानी अभार रहेको बताउँदै आफु निर्वाचित भए लगतै सिमल्टार लगायत २ नम्बर क्षेत्रभरको यस्ता खालको समस्या समाधान गर्न प्रतिवद्ध रहेको जनातएका छन् ।

आफ्नो उम्मेदवारी कुनै एक पार्टीको नभई समग्र युवाहरुको भएको बताउँदै उनले भने– ‘पात्रको हिसाबले म महेस बर्तौला रहे तर मेरो उम्मेदवारी सबै युवा भावनाहरुको प्रतिनिधित्व गर्ने गरेर हो र म साझा उम्मेदवार हुँ ।, बिरोध खतिवडा काँग्रेस र माओवादिको छातिमा टेकेर आएको छ । मकवानपुरको पछौटे र दुरावस्था हटाउन उनलाई जनताले मंसिर ४ मा दण्डित गर्ने छन् ।’ युवाले जिम्मेवारी पाउँदा काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न पनि जनताले निर्वाचित गराएर काम गर्ने अवसर दिनु पर्ने उनले बताए ।

वडा कमिटी अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा, एमाले जिल्ला कमिटी सदस्य सन्तोष चौलागाईं, नगर अध्यक्ष शालिकराम पुडासैनी लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*