भ्रमको पछि नलाग्न मतदातालाई पराजुलीको आग्रह

अखबार हब
२०७९ कार्तिक ३, बिहीबार २२:११

मकवानपुर । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका भरत पराजुलीले भ्रमको पछि नलाग्न मतदातालाई आग्रह गरेका छन् ।

पुराना पार्टीबाट उम्मेदवार बनेका भन्नेहरुले आफु र राष्ट्रिय स्वतन्त्र पार्टीको नाम जोडेर विभिन्न खाले भ्रम सिर्जना गर्दै हिडेको बताउँदै यस्ता भ्रमको पछि नलाग्न आम मतदालाई आग्रह गरेका हुन् । मकवानपुरको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी प्रति बढेको जनलहरबाट आत्तियर स्थापित ठुला भन्ने दलका उम्मेदवारले भ्रम फैलाउन नचाहिदो हल्ला गरि मतदाता भड्काउन खोजेको अखबारहवसँगको कुराकानीमा नेता पराजुलीले भने ।

जनमत आफ्नो पक्षमा नदेखिए पछि विपक्षी आत्तियर विभिन्न खालको अफवाहा फैलाइएको उनले बताए । साथै उनले यस्ता तथ्यहिन हल्लाको पछि नलाग्न आम मतदातालाई अनुरोध समेत गरेका छन् ।

प्रचार प्रसारको क्रममा जनाताको माझमा जादाँ जनता आफुलाई भोत दिन आतुर देखिएको बताउँदै निर्वाचनमा आफू एक्लै नभएर मकवनपुर क्षेत्र न २ का परिवर्तन चाहने सबैजना रहेको बताएका छन् । मंसिर ४ मा हुने निर्वाचनमा आफुलाई नागरिकले जीताएर अनुमोदन गर्ने समेत दावी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*