समाज/राजनीति
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं । सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनका नेताहरुको बैठक बसेको हो । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमलाई लिएर सत्ता गठबन्धनले आलोचना गरेको...
राष्ट्रपतिको कदम राष्ट्रहित अनुकूल : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयकमा राष्ट्रपतिको कदम राष्ट्रहित अनुकूल रहेको बताएका छन्। संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयलाई अध्यक्ष थापाले स्वभाविक रहेको दाबी गरेका छन्। ‘प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने...
लौरो चुनाव चिह्न खारेजीको माग गर्दै दुई स्वतन्त्र उम्मेदवारद्वारा आयोगमा उजुरी
काठमाडौँ । हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिह्न खारेजीको माग गर्दै निर्वाचन आयोगमा आइतबार उजुरी परेको छ । काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उम्मेदवार सुनिल रिजालले आइतबार निर्वाचन आयोगमा पुगेर हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरोविरुद्ध उजुरी दिएका हुन्...
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु
काठमाडौं । सरकारले भदौ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक संस्था सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् संञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्नद्रबहादुर कार्कीले यस्तो बताए । सरकारले...
दलहरूले भोलिसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइसक्नुपर्ने
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन दलहरूलाई भोलि (सोमबारसम्म) समय दिएको छ। दलहरूले आइतबार र सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारको बन्दसूची पेश गर्न सक्छन्। प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० निर्वाचन क्षेत्रका लागि दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने हुन्छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र...
कमल थापाले भने– स्याबास बालेन ! स्याबास सुनिता !
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोज्ने साहसिक काम गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र उपमेयर सुनिता डंगोललाई स्याबासी दिएका छन् । आज सामाजिक सञ्जालमार्फत बालेन र सुनितालाई स्याबासी दिँदै थापाले आफू सानो छँदा टुकुचामा पौडी खेलेको रमाइलो सम्झनासमेत स्मरण गरेका छन्...
हेटौंडाको सडक विस्तारको विषयमा भ्रम सृजना गरियो : भीमसेन महत
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तारको विषयलाई लिएर भ्रम सृजना गरिएको बताए । बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सचिव महतले महेन्द्र राजमार्गको चौंडाई ५० मिटर हुने सडक ऐनमा नै व्यवस्था भएको बताउँदै हेटौंडामा पनि दायाँबायाँ गरी ५० मिटर...
मैले दिएको वरदानबाट प्रचण्डले मलाई नै भष्म बनाउन खोजे : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि घात गरेको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपाकालीन अवस्थामा कार्यकारी अध्यक्षको पद दिएपछि प्रचण्डले आफूमाथिनै घात गरेको बताएका हुन। माओवादी केन्द्रका चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका...
मकवानपुरमा गठबन्धनको सहमति : १ मा डिना, २ मा विरोध
मकवानपुर । मकवानपुरका प्रतिनिधिसभाका दुई क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीवीच १÷१ सिट भागवण्डा गर्ने आन्तरिक सहमति बनेको छ । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई स्थान सुरक्षित गर्ने गरि सहमति बनेको छ । डिना र खतिवडाको क्षेत्र मकवानपुर २ भएकाले एक जनालाई क्षेत्र नम्बर...
चुनावी प्रचारमा भरत पराजुली
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुर प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा भरत पराजुलीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । तीन दशक नेपाली काँग्रेसबाट राजनिति गरेका पराजुली पुर्व सञ्चारकर्मी रवी लामिछानेको नेतृत्व रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे सँगै मकवानपुर प्रतिनिधि सभा २ बाट उम्मेदवार सिफारिस भएका हुन् । उक्त...










