समाज/राजनीति
हटियामा प्रदेशको सिंहदरवार निर्माण गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६, हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको ‘सिंहदरबार’ निर्माण गर्ने भएको छ ।बागमतीका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै प्रदेशको ‘सिंहदरबार’ हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको जग्गामा निर्माण गरिने जानकारी दिएका हुन् । उनले प्रादेशिक संरचना निर्माण प्रयोजनार्थ...
यसकारण, कमल थापाले राजनीति छाडेनन्
मकवानपुर । कुनै समय नेपाली राजनीतिको ‘मुसो’ भनेर चिनिने नाम हो, कमल थापा । विशेषतः जनआन्दोलनपछि राजतन्त्रसहितको प्रजातन्त्र स्थापित हुनुपर्ने एजेण्डा लिएर राजनीतिमा सक्रिय थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्षमा पराजित भएपछि राजतन्त्रको सवाल उठान गर्न छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरे । त्यसयता थापा निरन्तर पूर्वराजा ज्ञानेन्द्रबारे...
बानियाँको दम्भमा पराजुलीको काउण्टर
मकवानपुर । स्थानीय तहको निर्वाचनमा आफु इतर को व्यक्तिलाई मात्र टिकट वितरण गरेको आरोप खेप्दै आएका नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँलाई यहि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाब मा त्यहि आरोप महँगो पर्ने देखिएको छ। नेपाली कांग्रेस मकवानपुरमा देखिएको गुट उप गुट को...
पोखरामा प्रचण्ड-बाबुराम : हिजो जे भयोभयो,अब मिलेरै जाने हो
पोखरा । ‘बाबुराम भट्टराईजीसँग हँसिया हथौडा चुनाव चिहृन लिएर चुनाव लड्ने सहमति भइरहेको छ । चुनावअघि कार्यगत एकता गर्ने र चुनावपछि पार्टी एकता नै गर्ने हो । उहाँलाई माओवादीमा स्वागत नै गरौं, कहीँकतै अपमान हुनेखालका कुरा नगरौं ।’ नेकपा माओवादी केन्द्रमा गण्डकी प्रदेशका केन्द्रीय सदस्य तथा पदाधिकारीहरुलाई प्रशिक्षण दिँदै...
कमल थापाले गाई नपाउने
काठमाडौं । गाई निर्वाचन चिन्ह पाउनुपर्ने माग राखी राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएको छ । सर्वोच्च अदालतले उनले दर्ता गरेको रिट निवेदन खारेज हुने आदेश गरेको हो । न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको यो आदेशसँगै उनलाई गाई निर्वाचन चिन्ह नदिने भनी निर्वाचन...
माओबादी केन्द्र मकवानपुरले टुंग्यायो प्रदेश र संघीय सांसदको सिफारिस
मकवानपुर । ४ मंसिरमा हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले उम्मेद्वारहरु चयनको लागि प्रदेश कमिटिलाई सिफारिश गरेको छ । जिल्ला पार्टी कार्यालय हेटौंडामा बसेको बैठकले मकवानपुरको प्रतिनिधि सभा प्रत्यक्ष तर्फ दुई निर्वाचन क्षेत्रमा ४ जना र प्रदेश सभा अन्तरगत...
मकवानपुरमा ठूला दलले टुंग्याए संघीय सांसद सिफारिस
मकवानपुर । ४ मंसिरमा हुने निर्वाचनका लागि चार ठूला दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संघीय सांसदको उम्मेदवारका लागि नाम सिफारिस टुंग्याएका छन् । मकवानपुरको २ क्षेत्रका लागि प्रतिनिधिसभा सांसदको उम्मेदवार बनाउन चार ठूला दलहरुले प्रदेश तहमा नामावली सिफारिस टुंग्याएका हुन् । काँग्रेसबाट...
झापा–३ बाट लिङ्देन सर्वसम्मत सिफारिस
काँकडभिट्टा । आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले ४ वटा क्षेत्रमा उम्मेदवारको सिफारिस गरेको छ । राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा–५ मा भने अहिलेसम्म उम्मेदवार तय गरेको छैन । झापा–३ बाट संघीय सांसद् उम्मेदवारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत रुपमा...
मकवानपुरमा रोचक भिडन्तको सम्भावना : एमाले छाडेका विरोध भर्सेज नयाँ अनुहार महेश
मकवानपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुरमा एउटा रोचक भिडन्तको सम्भावना बढेको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनमा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाको सम्भावना बलियो छ । उनको प्रतिद्वन्द्वीका रूपमा नेकपा एमालेका बागमती प्रदेश कमिटी उपमहासचिव युवानेता महेश बर्तौंला...
एमाले मकवानपुरले गर्यो क्षेत्र नम्बर १ मा ५ जनाको नाम सिफारिस
मकवानपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि एमाले मकवानपुरले मकवानपुर क्षेत्र नंबर १ को लागि ५ जनाको नाम सिफारिस गरेको छ । आज बसेको एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नंबर १ को बैठकले ५ जनाको नाम सिफारिस गरेको हो । बैठकले नेकपा एमालेका...










