निशानामा काँग्रेस प्रदेश सभापति बानिया
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि विभिन्न दलका नेता र स्वतन्त्रहरुले गत आइतवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा निर्वाचनलाई यति बेला केन्द्रीय राजनीतिमा समेत निक्कै चासोको रुपमा हेरिएको छ । मकवानपुरमा २ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको छ । सत्ता गठबन्धनको तर्फबाट मकवानपुरमा नेपाली काँग्रेसले क्षेत्र नम्बर १ र प्रदेश तर्फ २ वटा क्षेत्र पाएको छ ।
मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को (ख ) मा नेपाली काँग्रेसको तर्फबाट काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाले टिकट पाए संगै मकवानपुर कांग्रेस बानिया लाई निशानामा पार्न नेपाली काँग्रेसका जिल्ला तहका नेता सक्रिय रुपमा लागि परेका छन भने यता गठबन्धन दल घटक नेकपा माओवादी केन्द्रका जिल्ला प्रभाबसालि नेताले समेत बानिया को बिरुद्दमा उक्त क्षेत्र बाट उम्मेदवारी दर्ता गराएपछि गठबन्धन दल भित्र नै बानिया लाई निशानामा पार्न खोजिएको प्रस्ट देखिन्छ । मकवानपुर कांग्रेसमा निक्कै बिबादित बन्दै आएका बानिया लाई यो पटक को ससदीय यात्रा रोक्न उनकै क्षेत्रका कार्यकर्ता मतदाता लागि परेका छन ।
राजनीति मा धनबाद डनबाद हावी भएको भन्दै बानिया चुनाब उठेका क्षेत्रका नेपाली काँग्रेसका जिल्ला तहका नेताहरुले कांग्रेस परित्याग गर्ने लर्को लागे पछि बानिया चौतर्फी निशानामा परेका हुन । चुनाब नजिकिदै गर्दा आफ्नो क्षेत्रका जनतालाई चामल र मस्यौरा बितरण गरि गरिब माथि राजनीति गर्न खोजेको भन्दै बानियाको चौतर्फी बिरोध भए पछि यो बिषयले पनि बानियाको राजनीतिमा धक्का लागेको थियो ।
कांग्रेस बलियो मानिएको मनहरी गाँउपालिकामा कांग्रेसले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बानियाले मंच मै जिल्ला सदस्य जेष्ठ नागरिक चन्द्र बहादुर न्यौपानेलाई गालि ब्यजतीसहित अपमान गरे पछि काँग्रेस मनहरीका कार्यकर्ता बानिया प्रति रुष्ट देखिनुले पनि बानिया निशाना मा परेका हुन् ।
बानिया को दम्भ को कारण यति बेला कांग्रेस छोड्ने हरु को मकवानपुर मा लाबा लस्कर नै छ । बानियाले कांग्रेस जत्रो बाट सुरु गरेका थिए त्यत्रो नै बनाएर छोड्ने भए भन्दै बानिया प्रति कार्यकर्ताले आक्रोस पोख्न थालेका छन । बानिया उठेको क्षेत्रमा उनलाई २०७४ को ससदीय यात्रामा प्रवेश गराउन कमान्डरको भूमिका खेलेका मनहरीका चर्चित युवा नेता पदम तितुङ्गले समेत बानिया कै कारण पार्टी परित्याग गरि बानिया विरुद्ध बि पी कांग्रेस बाट उम्मेदवारी दिएसँगै बानिया झन निशानामा परेका हुन् । पदम तितुङ्ग उक्त क्षेत्रमा सामाजिक काम मा सक्रिय युवा को रुपमा चिनिन्छन । पदमको उम्मेदवारीले पनि बानियाको संसदीय यात्रामा ब्रेक लगाउन सक्ने मतदाता बताउछन ।
आफुलाइ राजनीतिमा चतुर खेलाडि सम्झने बानिया आफ्नै गतिबिधिका कारण पनि समस्यामा परेका छन । मकवानपुरको टिकट वितरणमा पार्टी भन्दा पनि व्यक्ति केन्द्रित राजनीतिमा होमिएका बानियाले स्थानियतह निर्वाचनमा पनि टिकट बितरणमा हेराफेरी गरेको व्यक्ति बिषेश राजनीति गरेको आरोप कार्यकर्ताले लगाउदै आएका छन् । मकवानपुरको प्रतिनिधि सभा २ को (ख) मा माओवादी बलियो शक्तिको रुपमा रहेको र माओबादिका जिल्ला सदस्य खुशी लाल चेपाङ र बि पी कांग्रेस बाट युवा नेता पदमा तितुङ्ग ले उक्त क्षेत्र बाट नै उम्मेदवारी दिए पछि बानियाको ससदीय यात्रा को तगारो नै बनेको छ । एका तिर कांग्रेस छोड्ने को लर्को छ अर्को तिर काङ्गेस का प्रभाबसाली युवा नेता र माओबादि केन्द्रका जिल्ला सदस्य ले समेत बानिया बिरुद उमेद्वारी दिएका छन यसो गर्दा बानिया लाइ निशाना मा पारि ससदीय यात्रा ब्रेक लगाउन सक्ने कार्यकर्ता को बुझाइ रहेको छ ।
नेपाली कांग्रेसका प्रभाबसाली नेता कार्यकर्ताले समेत सामाजिक संजालमा बानिया बिरुद्द खुलेरै लागेका कारण उनको संसदीय यात्रामा ब्रेक लाग्ने त होइन ।
२०७४ मा प्रदेश सभा सदस्य बनेका बानियाले प्रदेश सभा सदस्य हुदा आफ्नो निजि जग्गा र निजि कम्पनी घेराबार गर्न प्रदेश सरकार बाट बजेट लगि हेटौडा १९ तिन ताप्केमा रहेको उनको निजि निवास र रेडिमिक्स कम्पनि जोगाउन प्रदेश सरकार बाट बजेट हाली काम गरेको भन्दै कार्यकर्ता ले हिसाब खोजि रहेका करण पनि बानिया कार्यकर्ताको निशानामा परेका हुन् । जनता भोक भोकै छन बाटो नभएर गाउँमा फलेका तरकारी बालि गाउँमै नस्ट गर्नु पर्ने अबस्था रहेको छ यता हाम्रो नेता भनिएका बानिया प्रदेश सरकार बाट बजेट ल्याई आफ्नै घर सम्पति सुरक्षा गर्न लागेका छन अब यिनै नेतालाई मत हाली कसरी नेता मान्न सकिन्छ । पद र शक्तिको दुरुपयोग गर्ने लाई यो पटका जनताले सबक सिकाउने छन नेपालि कांग्रेस जिल्ला सदस्यले आक्रोस पोखे । मकवानपुर कांग्रेस भित्र को चरम असन्तुस्टीका करण यो पटका बानिया लाई निशानामा पार्ने प्रस्ट देखिन्छ ।







