एमाले मकवानपुरको ७५१ सदस्यीय निर्वाचन परिचालन कमिटी
मकवानपुर । नेकपा एमाले मकवानपुरले निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । नेकपा एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटीका सदस्य अनन्त पौडेल कमिटीका संयोजक तोकिएका हुन् । ७५१ सदस्य कमिटीको सह संयोजक जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र सचीवमा जिल्ला सचीव नवीन सिग्देल रहेका छन् ।
कमिटीका सदस्यहरुमा नेकपा एमालेका जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी, जिल्ला कमिटी, जिल्लाका बिभागका सदस्यहरु, भातृ सङ्गठनका केन्द्रिय सदस्य, प्रदेश कमिटी, एमालेका पालिका स्तरीय कमिटीका सदस्यहरु, जिल्ला सल्लाहकार परिषद, कम्युनिस्ट मन्च, निर्वाचित पालिका प्रमुख उप प्रमुख, जिफन्ट तथा पेशागत महासङ्घका सदस्यहरु, वडाध्यक्षहरुलगायत सदस्य रहने छन् ।
यस्तै प्रतिनिधि सभा १ नम्बर क्षेत्रको संयोजकमा रामचन्द्र राई र सचीवमा अनिल बानियाँ लाई जिम्मेवारी दिइएको छ । त्यस्तै १ को (क) मा दिलबहादुर घिसिङ र सचीवमा कृष्ण प्रसाद चौलागाईं र (ख) को संयोजकमा रघुनाथ खुलाल र सचीवमा इन्द्र नेपाललाई एमालेले जिम्मेवारी प्रदान गरेको छ ।
यस्तै प्रतिनिधि सभा २ नम्बर क्षेत्रमा सुबास चन्द्र ठकुरी संयोजक र मेम्बर लोलाई सचीव रहेका छन् । २ नम्बर क्षेत्रको (क) मा संयोजक बलराम बल र सचीव पार्बती राना, (ख) मा एकराज उप्रेती संयोजक र सचिव नरेन्द्रलाल रिजाललाई तोकिएको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए।
जिल्ला निर्वाचन परिचालन कमिटी कार्यालय, प्रतिनिधि सभाका २ वटा निर्वाचन कार्यालय र १ नम्बर क्षेत्रको (ख) को कार्यालय जिल्ला पार्टी कार्यालयमा, १ को (क) को कार्यालय बकैया, २ को (क) को थाहामा र (ख) को कार्यालय मनहरीमा राखिने सचीव नवीन सिग्देलले जानकारी दिए।
कार्यक्रममा केन्द्रिय सदस्य एबम जिल्ला इन्चार्ज रामेश्वर राना, केन्द्रिय सदस्य एबम जिल्ला सह इन्चार्ज जुनेली श्रेष्ठ, परिचालन कमिटीका संयोजक अनन्त पौडेल, प्रदेश कमिटी सदस्य रघुनाथ खुलाललगायतले मन्तव्य राखेका थिए । यस्तै आज नै नेकपा एमालेको कार्यालयमा निर्वाचन परिचालन कमिटीको कार्यालय पनि उद्घाटन गरिएको छ ।







